राजु पोख्रेल
दमक /आजकाल एक सय रुपैया घटी कतै खाना खान पाइँदैन । महँगी उच्च रहेको यो समयमा ५ रुपैयाँमा सादा खाना र १० रुपैया मा मासु खाना पेटभरि खान पाइन्छ भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर यो वास्तविकता हो दमक स्थित गोरखा डिपार्टमेन्ट स्टोर अगाडि तपाई ले यो दरमा खाना खान पाउनु हुन्छ। इलाम चुलाचुलिका कुमार राईको सक्रियतामा उनका केही साथीहरुले मिलेर ५ रुपैयाँमा बुधबारबाट पेटभरि खाना खुवाउन थालेका छन।
उनिहरुले खानाबाट उठेको रकम इलामका मिर्गौला पिडित शुक्र राज लिम्मुको उचारमा सहयो गर्ने बताएका छन लिम्बू हाल मिर्गौला को उपचारको लागि काठमाडौमा रहेका छन।
स्थानिय दाताहरु सग चामल दाल , तरकारी सयोग मागेर खाना खुबाउन थालिएको राईले बताए । उनले भने, ‘कसैलाई आफ्नो नामबाट खाना खुवाउन चाहेमा पनि हामीले उनीहरुको नामबाट खाना खुवाउँछौं।’ जन्म दिनको अवसर पारेर , आफना आफन्तको मानमा पनि खाना खुबाउन पाईने राईले बताए ।
बजारमा शुद्ध खाना पाउनै गाह्रो रहेको अवस्थामा आफूहरुले यो अभियान सुरु गरेको बताए। ‘बजारमा शुद्ध शाकाहारी खाना पाउन गाह्रो भएकाले हामीले यो सानो सुरुवात गरेका छौं,’ उनले भने,
सहयोगी हातहरुबाट सहयोग जुटाएर निःशुल्क खाना पनि खुवाउन सकिने तर सबै मानिस खान नआउने भएकाले ५ रुपैयाँ शुल्क तोकेर शुद्ध खाना पेटभरि खुवाउने अभियान सुरु गरेको राईले बताए । ‘निःशुल्क खाना भिखारीले खाने भन्दै सम्पन्न परिवारका व्यक्ति खान आउँदैनन्,’ उनले भने, ‘त्यसैले धनी, गरिब सबैलाई बराबर ५ रुपैयाँमा पेटभरि खाना खुबाएका छौ। उनिहरुले सनिवार भने १० रुपैयामा मासु खाना खुवाउने बताए । राईले भने बिरामी को उपचार को लागि रमक माग्दा मानिसहरु दिन गारो मान्छन त्यसै यस्तो कार्य सुरु गरेका हौ ।
बुधबार करिव २ बोरा चामल तथा तरकारी पकाएको बताईएको छ। भने गोर्खा डिपार्टमेन्ट अगाडी मानिसहरुको राम्रो उपस्थिति हुने भएकाले यो कार्य गरिएको राईले बताए । राई भन्छन्् पैसा हुने हरुले राम्रा राम्रा होटल जान सक्छन तर पैसा नहुनेले भोकभोकै बस्नु पर्ने समस्यालाई अन्त्य गर्न पनि आफुहरुले यो कार्य गरेको बताउछन।
खम पैसा हुने हरुले पनि पेटभरी शुद्ध खाना खान पाउँदा खुसी भएका छन। एक ब्याक्ति भन्छन्् आफू गरिब भएको र होटलमा पनि खान नसकेको बेला यो कार्य गरिवका लागि पुन्यको भएको बताउछन। दाताहरु पनि ५ रुपैयाँमै भोका, गरिब, विपन्नलाई पेटभरि खुवाउन पाएकोमा खुसी छन्। ‘सुरुबातमा नै धेरै गरिब, विपन्न र भोका मानिसहरु आउने थालेका छन । खाना खान आएका एक ब्याक्ति खुसि हुँदै भन्छन अब दमकमा भोकै नबस्ने दिन आएछ।
सस्तोमा खाना खुवाउने अभियान भारतका विभिन्न राज्यमा त्यहाँका सरकारले नै चलाई रहेपछि नेपालमा भरखरै बिराटनगरबाट सुरु भएको छ।
अहिले गोर्खा डिपार्टमेन्ट अगाडी खाना खुवाइरहेको र अब उचित ठाउमा सारेर नियमित खुबाईने राईले बताए।