उर्लाबारी/मानव अधिकारका लागि महिला एकल महिला समूह उर्लाबारीले बुधबार वडा नं.६ को समितिलाई २६ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
उर्लाबारी–६ का वडाध्यक्ष चिन्तामणी पौड्यालले एक कार्यक्रमका बीच एकल महिला समूह वडा समितिलाई सो रकम सहयोग प्रदान गरेका थिए । उक्त रकम एक महिला समूहका सदस्यहरुलाई सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने नगरकी अध्यक्ष शोभा चेम्जोङ पालुङ्वाले जानकारी दिइन् ।
वडा समितिकी अध्यक्ष सविना गौतमको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।