उर्लाबारी । नेपाल भ्रमण बर्ष २०२० को अवसरमा मोरङको उर्लाबारीमा दिपप्रज्वलन गरिएको छ ।
बुधबार साँझ उर्लाबारी नगरपालिकाले उर्लाबारी चौकमा दिपप्रज्वलन गरेको हो । उर्लाबारी नगरपालिका मेयर खड्ग फागो, उपमेयर लक्ष्मीदेवी भण्डारी, वडाध्यक्ष एबं कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थितिमा दिपप्रज्वलन गरिएको छ ।
उर्लाबारी नगरपालिकाका मेयर फागोले उर्लाबारी नगरपालिकाले भ्रमण बर्ष २०२० लाई सफल पार्न स्थानीय स्तरमा रहेका पर्यटकीय स्थलहरुको विकास र प्रबद्र्धनमा लागि पर्ने बताए । पर्यटकीय स्थलको प्रचारप्रसार, सरसफाईलगायतका काम गर्ने र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई उर्लाबारीमा भब्य स्वागत गर्ने उनको भनाई छ । त्यस्तै, उपमेयर भण्डारीले पनि उर्लाबारी क्षेत्रका पर्यटकीय क्षेत्रहरुको विकासमा जोड दिइने बताइन् ।