• हरि कोइराला
    उर्लाबारी पुस २९ गते । पुल बनेपछि आफ्नो गाउँको मुहार नै फेरिने सपना बोकेका राजघाटबासीको सपना पानीको फोका झैं बनेको छ । मोरङ र झापा जिल्लाको सीमानामा रहेको मावा खोलामा पुल बनिसके पनि मोरङबासीहरू अझै खुसी हुन सकेका छैनन् । खोलाको पूर्वी भागसँग जोडिएर ७५ दशमलव ४५ मिटर लामो पुल बने पनि खोलाको पश्चिम तर्फको झण्डै ५ सय मिटर लामो भङ्गालोलाई ब्यवस्थित गर्न नसक्दा पूल ‘लंकाको सुन ’जस्तै बनेको छ ।
    झापा तर्फ पुल सम्म आउने बाटो धमाधम कालोपत्रे भइरहेको छ भने मोरङ तर्फ आमवारी–झुर्किया सडकसँग पुल जोड्न झण्डै ६ सय मिटर सडक निर्माण गर्नु पर्ने स्थानीय गणेश राईको भनाई छ । पूलबाट सडक जोड्ने बाटोका लागि साविक राजघाट ६ हाल उर्लाबारी ९ का सुकबहादुर लिम्बू,चक्रबहादुर राई, चक्र छाराहाङ र फौदराज लिम्बू ,टंक लिम्बू र कालीबहादुर लिम्बूले आफ्नो नम्वरी जग्गाबाट २५÷२५ फिट जग्गा दिइसक्नु भएको छ । सडकलाई जग्गा दिनु भएका फौदराज लिम्बूको ३ कठ्ठा मध्ये डेढ कठ्ठा जग्गा बाटोमा गएको छ । सम्पतिका नाममा यही माटो हो तर,बाटोमा जाने भयो । उहाँले बाटोमा जग्गा गएपनि झापाको दमकसँग सिधा सम्पर्क हुन सके आफ्नो गाउँको बिकास हुने सपना देख्नु भएको थियो ।



    वर्षायाममा साविक दमक १९ र राजघाट–६ का वासिन्दाले वारिपारि गर्न ३० किलोमिटरको यात्रा तय गर्नुपर्थ्यो । तर पुल बनिसक्दा पनि उनीहरूको नियति फेरिएको छैन । गणेश राई भन्नुहुन्छ–‘पूल बन्यो तर मुख्य खोला माथि बनेन । झापाले आफूलाई पायक पर्ने गरी पुल बनाउँदा मोरङबासीलाई अन्याय भएको राईको भनाई छ । पूल भन्दा पश्चिमका मोरङबासीहरू पनि मालेपोत तिर्न झापा नै जान्छन । तर पुल निर्माण गर्दा साविक नक्सामा खोलो जहाँ छ त्यही बनेको उर्लाबारी ९ का वडासदस्य खड्गबहादुर कार्कीको भनाई छ । कार्कीले भन्नुभयो – खोला पश्चिम हानिएको वीसौं वर्ष भन्दा बढी भयो , तर हिउँदमा जहाँ पानी बगेको छ, त्यही पुल बनाउने निर्णय हुँदा मोरङबासीलाई अन्याय भयो । ’
    २०७१ को चैतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गर्नु भएको पुल वीटी निर्माण सेवाले निर्माण गरेको हो । मावा पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष अम्बिका खनालका अनुसार सरकारले ४ करोड ४० लाख रुपैयाँमा २ सय मिटर लम्बाईको पुल निर्माण गर्ने ठेक्का दिएको हो ।तर पुल ७५ दशमलव ४५ मिटर लामो मात्र बनेको छ ।

     



    मोरङ तर्फको भङ्गालोमा कल्भर्ट निर्माण गर्न समेत ६६ लाख रुपैयाँ बजेट विनियोजन भएको भए पनि भङ्गालो ब्यवस्थापन अझैं हुन सकेको छैन । स्थानीय गजलाल खवास भन्नुहुन्छ –‘पु बन्यो भनेर हामीले खुशी हुने अबस्था छैन । पुल सम्म पुग्न अर्को पुल चाहिन्छ । खोला माथि पुल नबनेको खवासको गुनासो छ ।
    उपभोक्ता समितिका उपाध्यक्ष राजन रायमाझी मोरङ तर्फको काम सन्तोष जनक नभएको बताउनु हुन्छ । कल्भर्ट भन्दा पनि ६ सय मिटर सडक निर्माण गर्ने काम जटिल रहेको रायमाझीको भनाई छ । पुल बनेपछि मोरङ तर्फको ६ सय मिटर सडक निर्माण गर्न पुलको दुबै तर्फ अग्लो बाँध निर्माण गर्नुपर्ने रायमाझीको भनाई छ । पुल निर्माण कम्पनीले पुलको उत्तर तर्फ एक किलोमिटर र दक्षिण तर्फ ५ सय मिटर बाँध बनाउने सहमति गरेको भए पनि समहति कार्यान्वयन नभएको उहाँले बताउनु भयो । त्यस्तै झापा र मोरङ तर्फ पुलबाट १÷१ सय मिटर सडक पनि ब्यवस्थापन गरिदिने भएको सहमति भएको थियो । जस अनुसार झापा तर्फ पुल समम आउने सडक धमाधम स्तरोन्नति भइरहेको छ भने मोरङ तर्फ कुनै काम हुन सकेको छैन । उर्लाबासीङ ९ का गणेश राईले भन्नुभयो– पुल बन्नु राम्रो कुरा हो, तर पुलमा पुग्न अर्को पुल चाहिने भएको छ । वर्षायाममा खोलाले बगाएर ल्याएका जरा वुटा रुखहरू पुल मुनि अड्किएर खोला थुनिँन्छ र पानी पश्चिमको गाउँ तर्फ पसेर डुवान भएको उहाँको भनाई छ ।
    पुलको निर्माण सम्पन्न भए बिराटनगर र दमकको दुरी झण्डै ३० किलो छोट्टिने स्थानीयको भनाई छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…