• म्याड्रिड — स्पेनी ला लिगामा रियल म्याड्रिडले शनिबार रातिका खेलपछि शीर्ष स्थानमा बार्सिलोनासँग बराबरी गरेको छ । नयाँ वर्षको विश्रामपछि फेरि सुरु भएको लिगमा रियलले गेटाफेलाई ३–० ले हरायो ।

    त्यसमा राफल भराने र लुका मोडरिचले गोल गरे । अर्को गोल आत्मघाती रह्यो । बार्सिलोनामा भने इस्पनयोलको हातबाट २–२ को बराबरीमा रोकियो ।

    वे लीले खेल सकिन दुई मिनेट अगाडि इस्पनयोलका लागि गोल गरेपछि बार्सिलोना बराबरीमा चित्त बुझाउन बाध्य रह्यो । त्यस अगाडि उसका लागि लुइस स्वारेज र आरटुरो भिडालले गोल गरेका थिए ।
    इस्पनयोलले डेविड लोपेजको गोलमा सुरुमै अग्रता लिएको थियो । अब बार्सिलोना र रियल दुवैको १९ खेलबाट समान ४० अंक भएको छ । बार्सिलोना गोल अन्तरले अगाडि छ ।
    यस्तै अर्को खेलमा एटलेटिको म्याड्रिडले लेभान्टेलाई २–१ ले हरायो र ३५ अंकमा तेस्रो स्थानमा रह्यो ।

     

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…