बाहुण्डाँगी । सौराह जेसीज वर्ष २०२० को अध्यक्षमा सरस्वती सेडाई निर्वाचित भएकी छिन् । आइतवार सम्पन्न शाखाको दोस्रो अधिवेशनले सेडाँइलाई अध्यक्षमा निर्वाचित गरेको हो । शाखाका कार्यकारीणी उपाध्यक्षमा बविता चौधरी, शान्तादेवी पराजुली, उपाध्यक्षहरुमा शुशिला चौधरी, मञ्जु चौधरी, सरस्वती चालिसे र आस्ता पाण्डे निर्वाचित भएका शाखाकी संस्थापक अध्यक्ष सुजता विष्टले बताउनु भयो ।
यसैगरी शाखाको निर्देशकमा लक्ष्मी घिमिरे, पञ्चमाया तामाङ, मेनुका श्रेष्ठ र सुस्मिता तामाङ निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष सेडाईले विभिन्न पदमा मनोनित समेत गरेकी छिन् । शाखाको महासचिवमा स्वप्ना पौडेल, कोषाध्यक्षमा शान्ति पौडेल र कानुनी सल्लाहकारमा बिन्दु बानियाँलाई मनोनित गरिएको छ शाखाकी २०१९ की अध्यक्ष लक्ष्मी बिडारीले बताउनु भयो ।