बाहुण्डाँगी । नेपालगञ्ज जेसीजको ३८ औँ वार्षिक साधारणसभाबाट निर्वाचित समितिको पदस्थापन शनिवार सम्पन्न भएको छ ।
सन २०२० का लागि अध्यक्षमा निर्वाचित पैज्वल श्रेष्ठलाई वर्ष २०१९ का अध्यक्ष रत्नकाजी शाक्यले आफ््नो गलामा भएको जेसीज चेन श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
शाखाका कार्यकारीयणी उपाध्यक्षमा भोजराज तिमिल्सेना र चिरञ्जिवी शर्मा, उपाध्यक्षहरुमा आशिष आनन्द र अंकितकुमार सिंह निर्वाचित भएका छन् ।
सोही अवसरमा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कानुनी सल्लाहकारमा अमित कास्यप, महासचिवमा माधव बेलबासे, कोषाध्यक्षमा आदित्य गुप्ता, अध्यक्ष सल्लाहकारमा मोहमद अजमाद, प्रकरण निर्देशकमा प्रशान्तकुमार चौवे, जनसम्पर्क अधिकारीमा रिया श्रेष्ठ मनोनित गरेका छन् ।
शाखाका अध्यक्ष रत्नकाजी शाक्यको सभापतित्व नेपाल जेसीज २०२० का कार्यकारीणी उपाध्यक्ष विजय गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व राष्ट्रिय अध्यक्ष रविन्द्र कर्ण, शाखाका पूर्व अध्यक्ष सुनिलकुमार गुप्ता, शाखाका अन्य पूर्व अध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन २०१९ का महासचिव रोशन केसीले गरेका थिए ।  
  
  
  
 
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        