• उर्लाबारी/कक्षा ११ अध्ययनरत उर्लाबारी–२की मनिषा राईको पढाइ खर्चका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । उर्लाबारी–३ मंगलबारे स्थित योसेक क्लबका संस्थापक जितेन्द्र चोङबाङ र उनकी श्रीमती कौशिला लिम्बूले स्थापना गरेको जीवनज्योति जिउनका लागि शिक्षा छात्रवृत्ति कोष अन्तर्गत राईलाई सहयोग गरिएको हो । शुक्रबार मंगलबारे चोकमा रहेको योसेक क्लबको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच राईलाई नगद ९ हजार प्रदान गरिएको थियो । सोही कार्यक्रममा उनलाई कलेजको स्विटर समेत प्रदान गरिएको थियो ।



    सोही कार्यक्रममा योसेक क्लबले छात्रवृत्ति प्रदान गरेको दुर्गा माविका सायल श्रेष्ठ,स्मृति दनुवार,आशिका भट्टराई र सनुपकुवा माविकी विमला तिम्सिनालाई विद्यालयको स्वीटर प्रदान गरिएको छात्रवृत्ति कोषका सचिव विष्णुप्रसाद भट्टराईले जानकारी दिए ।



    यस्तै, क्लबले विद्यार्थीहरुका लागि थप एक वर्ष १ छात्रवृत्ति गर्ने निर्णय लिएको जनाएको छ । क्लबका अध्यक्ष भिष्म बुढाथोकीका अनुसार अघिल्लो वर्षदेखि शुरु गरिएको उक्त कार्यक्रम मार्पmत विद्यार्थीहरुलाई वर्षभरी पुग्ने कापी÷कलम तथा स्टेशनरी,किताब तथा विद्यालयका पोशाक तथा शुल्कहरु क्लबले सहयोग गरेको थियो । विद्यार्थीहरुले आप्mनो पढाइलाई अझ राम्रो बनाउदै लगनशील भएकाले थप एक वर्ष करार गराएका पढाई खर्च व्यहोरिदिने निर्णय भएको सचिव बानु सुब्बाले बताईन् ।

    छात्रवृत्ति रकम हस्तान्तरण कार्यक्रमका प्रमुख आतिथी समेत रहेका उर्लाबारी–२ सुनपकुवा माविका प्राधानाध्यापक भुमिराज प्याकुरेलले शिक्षाको ज्योति पैmलाउनका लागि क्लबले गरेको कार्यप्रति पं्रशसा गर्दै अबको युगमा शिक्षाबाट कोही पनि वञ्चित हुन नसक्ने बताए ।

    यस्तै,सोही कार्यक्रममा क्लबले जीवन ज्योति जिउनका लागि शिक्षा छात्रवृत्तिको अक्षय कोष स्थापना का लागि नगद सहयोग गर्ने इनरूवाका राजु गुरुङ(हाल हङकङ) र पथरीशनिश्चरेका जयराम चाम्लिङ(हाल हङकङ)लाई प्रशंसापत्र प्रदान गरेको थियो ।

    छात्रवृत्ति पाउने विद्यार्थीहरुले राम्रो पढ्दै गएका क्लबले उनीहरुलाई स्नातकोत्तरसम्म पढाइदिने अक्षयकोषका संरक्षक जितेन्द्र चोङबाङले जानकारी दिए ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…