बाहुण्डाँगी । चक्रघट्टी जेसीज बर्ष २०२० को लागि सन्तोष चौलागाईं को नेतृत्वमा कार्यसमिति चयन भएको छ । आइतवार सम्पन्न शाखाको वार्षिक साधारणसभाले बरिष्ठ कार्यकारीणी उपाध्यक्षमा केदारनाथ दहाल, कार्यकारी उपाध्यक्षहरु तीर्थराज भट्टराई , लोमनाथ दहाल, उपाध्यक्षहरु महेश घिमिरे , पुजा सुवेदी , तेजबहादुर पुरी (सन्तोष ) र सन्जय बाबू अधिकारी निर्वाचित भएका निर्वाचिन अधिकृत वर्ष २०१७ का अध्यक्ष दिनेश पोख्रेलले बताए ।
यसैगरी सोही अवसरमा नवनिर्वाचित अध्यक्ष चौलागाईले महासचिव सन्जय राउत कोषअध्यक्ष मौसम नेउपाने र कानुनी सल्लाहकार सुरेन्द्र श्रेष्ठलाई मनोनित गरेका छन् ।
चक्रघट्टी जेसिज २०१९ का अध्यक्ष मन्जु आचार्यको सभापतित्व कार्यक्रम सम्पन्न भएको थियो ।