बाहुण्डाँगी । युवाहरुको संस्था बुटवल जेसीजमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ । शनिबार भएको ४६ औं अधिवेशनबाट अध्यक्षमा राजिव गौतम सहित सबै पदाधिकारी निर्बिरोध चयन गरिएको हो ।
आगामी कार्याकालकालागि बुटवल जेसीजको दुई कार्यकारिणी उपाध्यक्ष पदमा बिनोद घिमिरे र दिनेश खड्का, ४ उपाध्यक्ष पदमा कमल शर्मा, प्रकाश शर्मा, केशव श्रीस र नविन थापा तथा सहसचिवमा मोहन न्यौपाने र सहकोषाध्यक्षमा अमर खत्री निर्वाचित भएका शाखाका २०१९ का अध्यक्ष नरदेव न्यौपानेले बताए ।
जेसीज बिधान अनुसार कानुनी सल्लाहकार, महासचिव र कोषाध्यक्ष अध्यक्षले मनोनित गर्ने व्यबस्था छ ।