बाहुण्डाँगी । हेटौँडा जेसीज वर्ष २०२० को अध्यक्षमा राजदेव बानियाँ निर्वाचित हुनु भएका छन् । शनिवार सम्पन्न शाखा अधिवेशनले बानियाँलाई निर्वाचित गरेको हो ।
बानियाँले प्रत्यासी दीपेश जोशीलाई २८ मत अन्तरले पछि पार्दै हेटौँडा जेसीजको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन् ।
शाखाका कार्यकारीणी उपाध्यक्षमा श्रवणकुमार बड्तौला पवनकुमार कंशाकार बिजयी भएका छन् । उपाध्यक्षहरुमा सञ्जिव तिम्सिना, विवेकलाल श्रेष्ठ, विवेकानन्द न्यौपाने र प्रलय राई निर्वाचित भएका शाखाका २०१९ का अध्यक्ष सन्देश डिसीले बताए ।
अध्यक्षमा निर्वाचित बानियाँले युवाहरुको श्रमता अभिबृद्धिका कार्यक्रमहरु गरेर जेसीजलाई युवामैत्री नेतृत्व बनाउने प्रतिबद्धता व्यक्त गरे । नेपाल जेसीजका १ सय ५६ वटा शाखा मध्ये २०२० का लागि अहिलेसम्म भएका शाखा अधिवेशनमा सबै पदमा निर्वाचन भएको यो नै पहिलो हो ।
यसैगरी, हेटौँडा लेडी जेसीजको अध्यक्षमा शुशिला पौडेल निर्वाचित भइन् ।
हेटौँडामा शनिवार भएको २२ औँ साधरणसभाले पौडेलको नेतृत्वमा सन २०२० को लागि नयाँ कार्यसमिति निर्माण गरेको हो ।
साधरणसभाले कार्यकारिणी उपाध्यक्षमा सृष्टि गोर्खाली तथा अञ्जना श्रेष्ठ चयन हुँदा उपाध्यक्षमा गंगा श्रेष्ठ, लिलु पुलामी मगर, दुर्गा विष्ट ठकुरी र कविता पौडेल चयन भएका शाखाकी २०१९ की अध्यक्ष सुष्मा खरेलले बताउनु भयो ।