• बाहुण्डाँगी । त्रिभुवन नगर जेसिज घोराहीमा पद तथा गोपनियताको सपथसंगै पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमका विच जेसिजका अध्यक्ष वसन्त अधिकारीले वर्तमान अध्यक्ष माधव पौडेललाई जेसिजको माला लगाइदिएर पद हस्तान्तरण गर्नु भएको हो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि सांसद अनिता देवकोटाले जेसिजले युवा पुस्ताको मन जितेको भन्दै युवाको शसक्तीकरणसंगै नेतृत्व र क्षमता विकासमा जोड दिनुपर्ने बताए ।

    उनले जेसिजलाई सामाजिक अभियानमा जोडिएकोमा खुसि ब्यक्त गर्दै हरेक क्षेत्रमा जेसिजको नेतृत्वदायि भुमीकाप्रती प्रससा गरीन् । सो अवसरमा नेपाल जेसिजका कार्यकारीणि उपाध्यक्ष लालमणि भण्डारी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेल, जिल्ला अध्यक्ष सवीन प्रीयासन, जेसिजका अगुवा किशोरचन्द्र गौतम लगायतकाले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष बसन्त अधिकारीले सबैलाई मायाँको चिनो प्रदान गरे । अधिवेसनले एक वर्षे कार्यकालका लागि नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । जेसिजले

    यसैविच जेसिजका अध्यक्षका माधव पौडेलले आफ्नो कार्यकाल सफल बनाउन विभीन्न ब्यक्तिहरुलाई मनोनित गरेका छन् । जेसिजको महासचिवमा मिनराज भाट मनोनीत भएका छन् भने शिक्षा तथा पुस्तकालय संयोजकमा प्रकाश आचार्य, स्वास्थ्य संयोजकमा चन्द्रप्रकाश आचार्य, भगिनि शाखा संयोजकमा नारायण अधिकारी रहेका छन् । यसैगरेर जेसिजग्राम संयोजकमा युवराज पंन्त, खेलकुद संयोजकमा वावुराम पाण्डे, सदस्यता बृद्धि सभापतिमा दिनेशराज श्रेष्ठ, प्रकरण निर्देशकमा कृष्णदेव थापा, पर्यटन प्रर्वद्धन तथा सुचना केन्द्र संयोजकमा माधव केसि, सुपरीवेक्षण तथा मुल्याङ्कन निर्देशकमा विमल श्रेष्ठ, शाखा सम्पादकमा प्रदीप सुवेदि, तालिम निर्देशकमा रोशन दाहाल, कोषाध्यक्षमा मुकेश शर्मा, जन सम्पर्क अधिकारी बुद्धीप्रकाश शर्मा, कानुनि सल्लाहकारमा रविकिरण केसि रहेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…