• काठमाडौं, २१ पुस । प्रहरीकै संरक्षणमा चितवनको खैरहनीमा जुवा अखाडा संचालन हुँदै आएको छ । शनिबार खैरहनीका जंगबहादुर रावलको घरमा जुवा खेलिरहेको अवस्थामा ९ जनालाई इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

    जुवाको खालबाट ७५ हजार रुपैयाँसहित ९ जना पक्राउ परेका थिए । तर, इलाका प्रहरी कार्यालयले पक्राउ परेका जुवाडेलाई शनिबार बेलुकै सुटुक्क छाडेको छ ।

    जुवा खेल्दाखेल्दै पक्राउ परेकाहरुलाई म्यादथप गरी मुद्दा चलाउनुपर्ने हो । तर, प्रहरीलाई घुस लेनदेन गरेपछि उनीहरु छुटेका छन् ।

    चैनपुरका हवल्दार आशबहादुर गुरुङले जुवा खालबाट मासिक रुपमा घुस लिएर संरक्षण गर्दै आएको आरोप छ ।

    तिनै हवल्दार गुरुङमार्फत् खैरहनी इप्रकाका इन्स्पेक्टर ऋषिराम घर्ती मगरले पक्राउ परेका जुवाडे छाडेका छन् ।

    इन्स्पेक्टर घर्ती मगर हाजिर भएको ६ दिनमात्र भएको छ । चितवनमा एसपी नभएको मौका पारी इन्स्पेक्टर घर्तीमगरले घुस लिएर जुवाडे छाडेका छन्।

    इन्स्पेक्टर ऋषिराम घर्ती प्रहरी भित्र निकै विवादित अधिकृतको रूपमा चिनिन्छन् प्रहरी प्रभाग नागढुङ्गामा रहँदा कालो बजारीसँग मिलेर भन्सार नतिरेका कपडा, सुर्ती जस्ता समान नागढुङ्गा नाका बाट सहजै भित्रने दिने थाहा पाए पछि तत्कालीन एआइजी जय वहादुर चन्दले बनाएको एसपी राजेन्द्र चौधरीको छानबिन समितिले नागढुंगामा समेत पैसा खाएको प्रमाणीत भएको भनेर समितिले कारबाहीको लागि सिफरिस गरेको थियो तर उनी त्यती बेला विभिन्न जनजाति नेताको पावर लगाएर पावर कारबाहीबाट जोगिएका थिए।

    त्यस पछि उनको सरुवा स्याङ्जा इप्रका चिसापानीमा इन्चार्ज को रुपमा सरुवा भएको थियो।त्यस पछि पनि उनको इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा भएर विभिन्न शक्ति केन्द्रको पावर लगाएर मुद्दा हेर्ने अधिकृत बनेका थिए त्यो बेला पनि उनले एसपी पनि मगर र सिडिओ पनि मगर मेरो मान्छे हो भनेर बुटवल बासीलाई हावा पिट्दै सोजा र इमान्दार डिएसपी दिल्ली मल्ल लाई समेत गुमराहमा राखेका थिए ।

    उनी सधैँ आकर्षित ठाउँमामा मात्र सरुवा हुने गर्छन उनको एक सहपाठी बताउँछन् जागिर भएको ७ वर्ष मात्र भयो तर उनको आर्थिक हाइसेत देखेर ती सहपाठी पनि अचम्म परेको बताउँछन्।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…