• उत्तम बि.क/युएई
    नेपाल पत्रकार महासंघ युएई शाखाले १२ जनावरी २०१८ का दिन खोज मुलक पत्रकारीता तालिम सहित दशौं बार्षिकोत्सव भब्य रुपमा सम्पन्न गरेको छ ।
    दशौं बार्षिक उत्सवको बिशेष अबसर पारेर आयोजित महासंघको तालिममा युएईमा कार्यरत पत्रकार र अन्य गरि झण्डै चार दर्जन प्रशिक्षार्थीको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासंघका पुर्ब अध्याक्ष शिब गाउलेले प्रशिक्षण दिएको कार्यक्रमबाट प्रशिक्षार्थीले निकै राम्रा कुराहरु सिक्ने अबसर प्राप्त गरेको तालिममा उपस्थित प्रशिक्षार्थीको भनाई रहको थियो ।
    हरेक बार्षिकोत्सवमा झै यस बर्ष पनि उत्कृष्टि पत्रकारीता अवार्ड पुरस्कार युएईमा कार्यरत सञ्चार कर्मि राम प्रसाद ढुंगेललाई प्रदान गरिएको थियो भने नव प्रतिभा पुरस्कार पत्रकार सुशान आचार्यलाई प्रदान गरिएको थियो ।
    पत्रकारहरुलई तालिम पक्षि प्रमाण पत्र दिदै प्रशिक्षक गाउलेले भने खोजमुलक पत्रकारीता जोखिम मोलेर गर्नुपर्ने खालको भएतापनि बाहिर जनता सामु आउदा गर्बको महसुश हुने खालको पत्रकारीता रहेको बताए ।
    दशौं बार्षिक उत्सवको अबसरमा महासंघका संस्थापक सदस्य नारायण सापकोटा, सल्लाकार निमेश गिरी, एकेन्द बहादुर थापा, त्रिलोचन कोईराला लगायत लाई सम्मान पत्र र खादाको साथमा सम्मान गरिएको थियो
    नेपाल देखी आएका प्रशिक्षर्थी गाउले र अर्का बिशेष अतिथी प्रेस सेन्टर नेपाल क्षेत्र नम्बर ३ का संयोजक सुनिल खडकलाई लाई महासंघले मायाको चिनो र उपहार दिएर दिएर सम्मान गरेको छ । महासंघका सचिब मेघराज सापकोटा द्धारा सञ्चालन गरेको कार्यक्रममा महासंघ युएई शाखाका अध्यक्ष भुपराज बस्याल सभापति रहेका थिए ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…