• काठमाडौं । प्रधानमन्त्रीका सल्लाहकारकै संलग्नतामा भएको ठगीका विरुद्ध नेपालमा संचालनमा रहेका २७ वाणिज्य बैंकका कर्मचारी तथा प्रतिनिधिहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी दर्ता गराएका छन् ।

    सामुहिक रुपमा अख्तियारमा दर्ता गराईएको उजुरीमा “नेपालका २७ वटा वाणिज्य बैंकहरूमा जनताको डिपोजिटको पैसा रहेको यहाँहरुलाई अवगत नै छ । यही पैसालाई दुरुपयोग गर्दै एउटा व्यक्तिले हालै मात्र दर्ता गरेको कथा नेपाल नामक संस्थालाई १ करोड ८ लाख पैसा दिने नेपाल बैंकर्स संघको सभाबाटै निर्णय गरी २७ बैंकलाई संघका सिइओ अनिल शर्माले पत्राचार गरेको देखिन्छ । त्यसकारण उक्त रकम दुरुपयोग हुनबाट बचाईदिन नेपाल राष्ट्र बैंक मार्फत पत्राचार गराई रोक्का गर्न र छानबिन गर्न आग्रह गर्दछौं ।” भन्ने व्यहोराको पत्र अख्तियारमा दर्ता गराईएको हो ।

    कथा नेपाल प्रा। लि। लाई वाणिज्य बैंकहरुले दामासाहीले चन्दा दिन भन्दै वाणिज्य बैंकहरूका सिइओहरुको संस्था बैंकर्स संघले नै २७ वटा वाणिज्य बैंकहरूलाई पत्राचार गरेको थियो । एक व्यक्ति एक बैंक खाता भन्ने सरकारी अभियान प्रचारका नाममा २७ वाणिज्य बैंकहरुबाट १ करोड ८ लाख रुपैयाँ ठगी गर्न लागिएको हो ।

    बैंकर्स संघका कार्यकारी अधिकृत अनिल शर्माले सबै बैंकका अधिकृतहरुलाई इमेल गर्दै आदेशात्मक शैलीमा उर्दि नै जारी गरेपछि २७ वाणिज्य बैंकका प्रतिनीधि तथा कर्मचारीहरु नै अख्तियारको ढोका ढकढक्याउन पुगेका हुन् ।

    बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को पैसा उपलब्ध गराउन भनेपछि सबै वाणिज्य बैंकका सिइओको निद हराम भएको हो । बैंकर्स संघले सरकारी दबाबमा कागजी प्रक्रिया पूरा गरेर पैसा उठाउने काम सुरु गर्न लागेको हो ।

    बैंकर्स संघले गुपचुप रुपमा तीन वटा संस्थालाई टेण्डर प्रक्रियामा सहभागी गराएको कागजी प्रक्रिया देखाएर कथा नेपाल प्रा.लि. लाई दिने निर्णय गरेर बैंकर्स संघ नै नीतिगत भ्रष्टाचारमा लिन भएको भन्दै २७ वाणिज्य बैंक नै अख्तियारको ढोका ढकढक्याउन पुगेका हुन् ।

    यसअघि जनतासँग प्रधानमन्त्री कार्यक्रम चलाएर सिंहदरबार भित्रै चन्दा आंतक मच्याएका मनोज राज पाण्डे नै कथा नेपालका प्रमुख हुन् । सिंहदरबार भित्र चन्दा आंतकको आरोप लागेपछि उनले संचालन गर्ने उक्त कार्यक्रम बन्द भएको थियो । कथा नेपालले संचालनमा ल्याएको देखापढी डटकमको उद्घाटन गर्न प्रधानमन्त्री आफैं पुगेकाले पनि प्रधानमन्त्री पनि शंकाको घेरामा तानिएका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…