• बाहुण्डाँगी । नरायाणगढ जेसीजको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
    वर्ष २०१९ का डाइनेमिक लिडर विकास मान श्रेष्ठले आफ्नो गलामा भएको जेसीज चेन वर्ष २०२० का अध्यक्ष अनोज जोशीलाई हस्तान्तरण गर्दै आफ्नो पद हस्तान्तरण गर्नु भएको थियो । साथै अध्यक्ष श्रेष्ठले नयाँ अध्यक्ष जोशीलाई सपथ ग्रहण समेत गराएका थिए ।
    नवनिर्वाचित अध्यक्ष जाशीले आफ्नो टिममा भएका पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए । नव निर्वाचित समितिको कार्यकारीणी उपाध्यक्षमा पदम श्रेष्ठ, राजेन्द्र भट्टराई, उपाध्यक्षहरुमा राजेश ढकाल, सन्तोष पण्डित, विनोद पन्त, मोहन सापकोटा, सचिवमा मुक्तिनाथ काप्री, सह कोषाध्यक्षमा अर्जुन शर्मा, निर्देशकमा आमिन प्रधान, आविष्कार ढकाल, सुभाष श्रेष्ठ, सालिकराम पौडेल रहेका छन् । यरसैगरी अध्यक्ष जोशीले कानुनी सल्लाहकारमा बासुदेव दवाडी, महासचिवमा रबिन्द्रकुमार श्रेष्ठ र कोषाध्यक्षमा कपलि श्रेष्ठलाई मनोनित गरेका छन् ।
    शाखाका २०२० का अध्यक्ष विकासमान श्रेष्ठको सभापतित्व तथा राष्ट्रिय युवा परिषदका कार्यकारीणी उपाध्यक्ष माधव ढुङ्गेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अनिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकर रहनु भएको थियो । कार्यक्रममा शाखाका पूर्व अध्यक्ष, विभिन्न छिमेकी शाखाका अध्यक्षहरु तथा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको सञ्चालन वर्ष २०१९ का महासचिव अमृत श्रेष्ठले गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…