• चर्चित रंगकर्मी सृजना सुब्बा नाटक,मोडलिङ र फिल्ममा सक्रिय रुपमा लागि पर्ने कलाकारको नाम हो । सृजना सुब्बा लामो समयसम्मको संघर्षले अहिले कलाकारितामा स्थापित बनेकी छिन् । उनै सृजनाले रातोकलम डटकमलाई आफुलाई मनपर्ने कुराकुराहरु पोखेकि छिन् । मलाई मनपर्छ स्तम्भमा ।



    मन्दिर - मलाई स्वयम्बु मन पर्छ । किनकी अन्य मन्दिरको जस्तो त्यहा अलि कोलाहल हुदैन् र्। न् । स्वयम्बुको संचरना र वनावट मनपर्छ ।
    खाना - नेपाली खाना दालभात तरकारी त भईहाल्यो नै । तर पनि मलाई कोरियन,चाइनिज खाना मनपर्छ ।
    ठाउँ- रारा मुगु
    सबैभन्दा हाइटमा ताल छ । ठाउँ विकट भएपनि सम्भावना धेरै छ । त्यहाको मनोरम दृश्यमा रम्न मन पर्छ ।
    अभिनेता- सौगात मल्ल
    थियटरको गरिमा सौगात जस्ता प्रतिभाशालि कलाकारको कारण बढेको छ । सौगातको काम गराई सय प्रतिशतमा सय नै मत दिन्छु ।

    अभिनेत्री -गौरी मल्ल
    समय,उमेरसँगै उहाँको अभिनय सुहाउदो किसिमको पाउछु । उहाँको अभिनय काम गर्ने शैली मनपर्छ ।
    फिल्मः माई लेफ्ट फुट
    यो फिल्मको स्टोरी एकदमै मनपर्छ ।
    पुस्तक- द सेकेण्ड सेन्स
    महिला सम्बन्धी लेखिएको यस पुस्तकबाट धेरै शिक्षा लिन सकिन्छ ।

     

    गीत- भरै फेरि एकान्तमा रुनु त छदैछ
    नारायण गोपालको यो गीत म एकदमै सुन्छु । राती मा २÷३ चोटी सुन्छु । अनि मन बुझाउछु ।
    गायकः प्रेमध्वज प्रधान
    कारण चाँहि नभनौ हौला ।
    गायिका-रिमा गुरुङ
    उहाँको भ्वाईसमा निखारपन पाउछु । गाउने शैली राम्रो छ ।
    सवारी-स्कुटी छ । आफ्नो स्कुटी त मनपर्ने कुरो भईहाल्यो नै । तर भविष्यमा स्कारपियो लिने सपना छ ।
    मौषम- गर्मीमा जाडो,जाडोमा गर्मी नि ।

    तेजन खड्का

     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…