• भक्तपुर, २९ पुस – राष्ट्रिय परीक्षा बोर्डले शनिबार साँझ कक्षा ११ को नियमित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

    परीक्षामा तीन लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएका बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए। बोर्डले पहिलोपटक ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गरेको उनले जानकारी दिएका हुन्।

    गत असारमा भएको उक्त परीक्षाको नतिजामा ७४ जनाको परीक्षा रद्द गरिएको र एकजनाको परीक्षा स्थगित गरिएको उनले जानकारी दिए।

    परीक्षार्थीले कुनै एक विषयमा डी प्लस प्राप्त गरेका र कुनै एक विषयको परीक्षामा अनुपस्थित रहेका विद्यार्थीका लागि भने पुनः परीक्षा दिन पाउने बोर्डले व्यवस्था गरेको छ।

    बोर्डले त्यस्ता विद्यार्थीका लागि आगामी माघ २७ गते एक दिन परीक्षा सञ्चालन गर्ने भएको परीक्षा नियन्त्रक बतासले जानकारी दिए। एकभन्दा बढी विषयमा डी प्लसभन्दा कम छ भने त्यस्ता विद्यार्थीले अर्को सालमात्रै परीक्षा दिन पाउनेछन्। ग्रेडिङ प्रणाली लागू भएसँगै विद्यार्थीले विषयगतरुपमा नतिजा पाउने छन्।

    स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटकपटक मिति सार्दै असार १ गतेदेखि सञ्चालन भएको कक्षा ११ को परीक्षा नतिजा पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै बोर्डले सात महिनापछि नतिजा सार्वजनिक गरेको हो।

सम्वन्धित समाचार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चर…

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …