• काठमाडौं, २३ पुस । नेपालको इतिहासमा सर्वाधिक असफल र अलोकप्रिय अर्थमन्त्री मानिएका युवराज खतिवडा पुनः अर्थमन्त्री रहिरहने संकेतहरु देखिएका छन् ।

    प्रधानमन्त्री केपी ओली खतिवडाको कामबाट निकै प्रभावित हुनु भएको र खतिवडालाई अर्थमन्त्री राख्दा मात्रै देशको समृद्धिले शिखर चुम्न सक्छ भन्ने विश्वासमा रहनु भएकोले अर्थमन्त्री बदलिने सम्भावना न्यून भएको हो ।

    सचिवालयको बैठकमै आफूले अर्थमन्त्री बनाउन खतिवडाभन्दा राम्रो मान्छे नपाएको भनी ओलीले भन्नुहुँदा वरिष्ठ नेता माधवकुमार नेपालले सुरेन्द्र पाण्डे हुनुहुन्छ नि, गज्जब राम्रो गर्नु भएको हो पहिले पनि भन्ने जवाफ दिनु भएको थियो ।

    सुरेन्द्रको नाम माधव नेपालको मुखबाट सुन्नेवित्तिकै प्रधानमन्त्री ओलीले भन्नुभयो अर्थशास्त्रबारे ज्ञान भएका व्यक्तिलाई अर्थमन्त्रालयको जिम्मा लगाउन खोजिरहेको छ ।

    ज्ञातव्य छ, सुरेन्द्र पाण्डेलाई एक सफल अर्थमन्त्रीका रुपमा आमजनताले समेत स्मरण गर्दछन् । पाण्डेको कामको त्यसता चौतर्फी प्रशंसा हुने गर्दथ्यो । तर, अर्थमन्त्री बन्न ईश्वर पोखरेल, विष्णु पौडेल र प्रदीप ज्ञवाली पनि इच्छुक हुनुहुन्छ ।

    उहाँहरुले प्रधानमन्त्रीसमक्ष आफ्नो इच्छा पनि जाहेर गरिसक्नु भएको छ । उता वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभामा जानु हुने भएपछि श्रेष्ठ नै अर्थमन्त्री बन्नसक्ने अडकलबाजी पनि सुरु भएको छ । तर, युवाज खतिवडा स्वयम् भने केपी प्रधानमन्त्री रहेसम्म आफू अर्थमन्त्री रहिरहनेमा पूर्ण विश्वस्त रहेको पाइएको छ ।

    रिजर्भ रहने स्वभावका खतिवडा स्वयम्ले आफ्नो निकटस्थहरुसँग राष्ट्रपति विद्या भण्डारीले आफूलाई अर्थमन्त्रीमा यथावत राख्न खोजेको बताउने गर्नु भएको छ । राष्ट्रियसभामा मन्त्रीपरिषद्बाट नियुक्त हुने एक जना सदस्य रिक्त रहेको र सो पदमा नियुक्ति दिन राष्ट्रपति विद्या भण्डारीले वचन दिनु भएको पनि खतिवडाले अति निकटस्थहरुसँग बताउनु भएको छ । घटना र विचारबाट ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…