• संसाकै रद्दी पासपोर्टमा पर्‍यो नेपाल, जापानी पासपोर्ट दुनियाँकै उत्कृष्ट

    संसारका विभिन्न मुलुकहरूको पासपोर्टको शक्ति मापन गर्ने संस्था हेनली पासपोर्ट इन्डेक्समा नेपाली पासपोर्ट सबभन्दा कमजोरमध्येमा परेको छ ।

     

    कुल १०७ वटा देशको पासपोर्टलाई सूचीबद्ध गरिएकोमा नेपाली राहदानी १०१औं स्थानमा छ । नेपालभन्दा मुनि लिबिया, यमन, पाकिस्तान लगायतका मुलुक छन् । अफगानिस्तान सबभन्दा तल छ ।

    जापानको पासपोर्ट भने सर्वोत्कृष्ट मानिएको छ । जापानी पासपोर्टले संसारका १९१ मुलुकमा प्रवेशाज्ञा (भिसा) विनै वा अनअराइभल भिसा पाउँछ ।

     

    रोचक कुरा त एसियाली मुलुकहरूले सूचीको शीर्ष स्थानमा कब्जा जमाएका छन् भने तल्लो स्थानमा पनि एसियाली मुलुकहरू छन् ।

    दोस्रो स्थानमा एसियाली मुलुक सिंगापुर छ अनि तेस्रो स्थानमा दक्षिण कोरिया र जर्मनी छन् ।

    केही युरोपेली मुलुकहरू शीर्ष दश स्थानमा अटाएका छन् । चौथो स्थानमा फिनल्यान्ड र इटली छन् भने स्पेन, लक्जेम्बर्ग र डेनमार्क पाँचौं स्थानमा छन् । स्विडेन र फ्रान्स छैठौं स्थानमा छन् ।

    कुन देशको पासपोर्टले सबभन्दा बढी मुलुकमा भिसा नचाहिने वा अनअराइभल भिसा पाउने हो भन्ने आधारमा त्यसको शक्ति निर्धारण गरिन्छ ।

    यी हुन् सर्वोत्कृष्ट पासपोर्ट भएका मुलुक :

    १ जापान (१९१ गन्तव्य)
    २ सिंगापुर (१९०)
    ३ दक्षिण कोरिया र जर्मनी (१८९)
    ४ इटली र फिनल्यान्ड (१८८)
    ५ स्पेन, लक्जेम्बर्ग र डेनमार्क (१८७)
    ६ स्विडेन र फ्रान्स (१८६)
    ७ स्विट्जरल्यान्ड, पोर्चुगल, नेदरल्यान्ड्स, आयरल्यान्ड, अस्ट्रिया (१८५)

    यी हुन्, सबभन्दा कमजोर पासपोर्ट भएका मुलुक :

    १०० उत्तर कोरिया र सुडान (३९ गन्तव्य)
    १०१ नेपाल र प्यालेस्टाइनियन टेरिटोरी (३८)
    १०२ लिबिया (३७)
    १०३ यमन (३३)
    १०४ सोमालिया र पाकिस्तान (३२)
    १०५ सिरिया (२९)
    १०६ इराक (२८)
    १०७ अफगानिस्तान (२६)

    – सीएनएनबाट

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …