• इटहरा । स्थापना कालदेखि नै धेरै संघर्ष हरु गर्दै अगाडि बढेको संस्था हो आरम्भ नाट्य डबलि रतुवामाइ ।स्थापना कालमा खहेरे खोलाको संज्ञा पाएको आरम्भ आज पुर्वकै नमुना को स्थापित हुदैछ । अरुलाइ अन्याय गर्नुहुदैन र कसैको अन्याय पनि सहनुहुदैन भन्ने मुल मन्त्र उच्चारण गर्दै अगाडि बढेको यो संस्थाले आज सदस्य अन्तरक्रिया तथा भेटघाट कार्यक्रम राखेको थियो ।



    रतुवामाई १० सोमबारे बजारमा भएको कार्यक्रममा संस्थाले अहिलेसम्म गरेका काम र भावि योजनाका विषयमा अन्तरक्रिया गरिएको थियो कार्यक्रममा सबै सदस्य हरुलाइ आफ्ना कुराहरु राख्न समय प्रदान गरिएको थियो । कार्यक्रम संचालन संस्था का सचिव पुजन दासले संचालन गरेका थिए भने कार्यक्रम को सभापतित्व संस्थाका कार्यवाहक अध्यक्ष समीर सुवेदिले गरेका थिए ।कार्यक्रममा बोल्ने क्रममा संस्थाका कार्यवाहक अध्यक्ष समीर सुवेदिले स्थापना कालमा संस्था अगाडि बढाउने क्रममा भोग्नुपरेका तिता अनुभव र चुनौतिहरुका विषयमा समेत प्रकाश पार्दै कसैलाई अन्याय नगर्न र अन्याय नसहन पनि सुझाव दिए ।

    अतिथिका रुपमा कार्यक्रममा बोल्दै राष्टनिर्माण बोडिङका शिक्षक अनिस कार्किले संस्था पुर्वकै नमुनाको रुपमा स्थापित भईसकेको र आफू संस्थाले गर्ने हरेक किर्याकलापमा जस्तोसुकै सहयोग गर्नुपरे पनि तयार रहेको जानकारि गराउदै संस्थाको सदस्यता समेत लिनुभएको थियो । कार्यक्रममा संस्थाका सदस्य महेन्द्र रेग्मिले संस्थालाई अगाडि बढाउन सधैं साथ र सहयोग दिइरहने स्पष्ट पारे । कार्यक्रममा हरि नेपाल, समिन बराल लगाएतले आफ्ना भनाइहरु राखेका थिए भने नव आगन्तुक सदस्य रामु घिमिरेले मुक्तक सुनाएर एकछिन रमाइलो गराएका थिए । नवआगन्तुक सदस्यहरु गोमा लुईटेल, सन्जु भट्टराई , निकिता ढुङ्गेल लगाएत १५ जना बढि सदस्य हरुलाई संस्थाका कार्यबाहक अध्यक्ष समीर सुवेदी महेन्द्र रेग्मि लगाएतले अविर टीका लगाइ स्वागत गरेका थिए

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…