काठमाडौँ, २४ पुस । मौसम पूर्वानुमान महाशाखाले यस वर्षको हिउँदो वर्षा लम्बिने जनाएको छ । छिटो हिउँदे वर्षा सुरू भएर पनि यस वर्षको हिउँदे वर्षा लम्बिने सम्भावना बढेको हो ।
नेपालमा अहिलेसहित तीनपटक हिउँदे वर्षा भइसकेको छ । हिउँदे वर्षा कायम रहेका बेला तापक्रममा ह्वात्तै गिरावट नआएपछि चिसो भने लामै समय रहेको अनुमान महाशाखाले गरेको छ ।
अझै पनि हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणाली सक्रिय रहेकाले थप वर्षा हुने क्रम जारी रहेको महाशाखाका मौसमविद् मन्जु वासीले बताउनुभयो ।
हिउँदे वर्षा कायम रहेका बेला तापक्रममा ह्वात्तै गिरावट नआए पनि चिसो भने लामै समय रहने अनुमान महाशाखाले गरेको छ। अझै पनि हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणाली सक्रिय रहेकाले थप वर्षा हुने क्रम जारी रहने महाशाखाले जनाएको छ ।
पश्चिमी न्यून चापिय प्रणालीका कारण हाल देशका पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाकी स्थानहरुमा सामान्य बदली रहेको र देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । देशका उच्च पहाडी तथा हिमालीका अधिकांश भू-भागमा हिमपात भइरहेको महाशाखाले जनाएको छ ।