• उर्लाबारी,२९ पौस / मोरङको उर्लाबारी–८ स्थित न्यू भिजन एकाडेमीका प्रिन्सीपल अजित भट्टराईले बिद्यालयमै कार्यरत कर्मचारीलाई बलात्कारको प्रयास गरेपनि घटना बिद्यालयमै मिलापत्र गरिएको छ ।

    शुक्रबार विहान बिद्यालयमा काम छ भनी बोलाएर प्रिन्सीपल भट्टराईले ती किशोरीको सम्बेदशिल अंगमा पटक–पटक छोएका थिए । उनले कोही नभएको मौका छोपेर बलात्कारको प्रयास गरेपनि त्यो भने सफल हुन सकेन । ती किशोरीले तत्काल प्रतिपाद गरेपछि प्रिन्सीपल पछि हटेका थिए । त्यसपछि उनी बिद्यालयको काम छोडेर घर फर्किइन् । पीडित किशोरीले आफन्तलाई सो घटनाका बारेमा जानकारी गराएपछि घटनाले नयाँ मोड लियो । तर, ती किशोरीलाई घटना सार्वजनिक भए समाजमा नराम्रो हुने भन्दै केही सामाजिक अगुवा भनाउँदाहरुले दबाब दिएपछि मिलापत्र भएको जानकारी प्राप्त भएको छ ।

    प्रिन्सीपल भट्टराईले ती किशोरीको खुट्टा ढोगेर माफ माग्नुका साथै उर्लाबारी क्षेत्रमा शिक्षण पेशा नगर्ने भन्दै घटना मिलाईएको स्रोतको दाबी छ । बिद्यालय परिसरमै भेला भई विभिन्न वहाना बनाउँदै ती किशोरीलाई प्रहरी कार्यालयमा उजुरी नदिन दबाब समेत दिइएको थियो । यता स्थानीयबासीले भने घटनाका आरोपितलाई कानून बमोजिन कार्वाही गर्न माग गरेका छन् । बिद्यालयका प्रिन्सीपलजस्तो जिम्मेवार ब्यक्तिबाट महिला कर्मचारीहरु असुरक्षित हुनु दुर्भाग्यपूर्ण भएको भन्दै दोषीलाई कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने स्थानीयहरु बताउँछन् ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…