बाहुण्डाँगी । मानव हात्ती द्धन्द्ध व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चको तेस्रो वार्षिक साधारणसभा बिहिवार सम्पन्न भएको छ ।
बाहुण्डाँगी सामुदायिक हलमा सम्पन्न साधारणसभाको उद्घाटन प्रदेश सांसद श्रीप्रसाद मैनालीले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मैनालीले हात्ती द्धन्द्ध व्यवस्थापनका लागि सरकारले विशेष योजनाका साथ काम गरिरहेको र आमागी दिनमा यसको समुचित व्यवस्थापनका लागि निरन्तर सहकार्य गर्ने बताए ।
मञ्चका अध्यक्ष हरि उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथि मेचीनगरका मेयर विमल आचार्य, प्रदेश सांसद राधा थापा, डिविजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे, मेचीनगर ४ का वडा अध्यक्ष नविन बराल, राजनीतिक दलका तर्फबाट निलकण्ठ तिवारी, इन्द्र बुढाथोकी, रमेश दाहाललगायतले बोलेका थिए ।
साधारणसभामा मञ्चका अध्यक्ष उप्रेतीले आगामी वर्षका लागि ५६ लाख १२ हजारको अनुमानित बजेट पेश गर्नु भएको थियो । यसैगरी उप्रेतीले प्रतिवेदन पेश गर्दै सोलार फेन्सिङको मर्मत, टुङ मर्मत, सडकको स्तरोन्नती, टर्चलाइट वितरणलगायतका अत्यावश्यक कामहरु गर्नु पर्ने विकराल समस्या रहेको बताएका थिए ।
संस्थाकी कोषाध्यक्ष निता थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव शान्तप्रसाद न्यौपानेले गरेका थिए ।