• उर्लाबारी, २९ पौष
    शितलहरबाट प्रभावित विपन्न बस्तीमा उर्लाबारी नगरपालिकाले न्यानोका लागि कपडा वितरण गरेको छ । उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोसहितको टोलीले शितलहरका कारण बढेको जाडोको प्रभावबाट विपन्न तथा असहाय परिवार र सहारा विहीनलाई जोगाउन शनिबार नगरभित्रका विपन्न बस्ती पुगेर न्यानो कपडा वितरण गरेको हो ।



    शुक्रबार उर्लाबारी नगरपालिकाले उर्लाबारी उद्योग वाणिज्य संघ, मोरङ खुद्रा व्यापार संघ, मारवाडी युवा मञ्च तथा इलाका प्रहरी कार्यालय उर्लाबारीसँगको समन्वयमा न्यानो कपडा संकलन गरेको थियो । शनिबार उर्लाबारी ९ को पोखरीवान र गाइघाट, उर्लाबारी ८ को बगरटोललगायत विपन्न बस्तीका परिवारलाई न्यानो कपडा वितरण गरिएको थियो ।


    मध्य चिसोमा आङ छोप्न नपाएका, ठिहीमा कामीरहेका र विपत्मा परेर नांगै भएकाहरू न्यानो लुगा पाउँदा खुशी बनेका थिए ।

    देशैभर चलेको शीतलहरका कारण ज्यानै जान थालेको छ । नगर क्षेत्रमा पनि शीतलहरका कारण विपन्न तथा असहाय परिवार प्रभावित बनेकाले शीतप्रभावको असरलाई न्यूनीकरण गर्न न्यानो कपडा वितरण गरिएको नगर प्रमुख फागोले जानकारी दिनुभयो ।

    न्यानो कपडा वितरण कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तारामान सेरेङ लिम्बू, महासचिव मिलन गौतम, वाणिज्य सचिव दिलकुमार श्रेष्ठ ‘दिलु’, सञ्चार क्लब नेपालका अध्यक्ष घनश्याम भण्डारीलगायतको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…