• बाहुण्डाँगी । बाँकेको कोहलपुर जेसीजको पदास्थापन कार्यक्रम बिहिवार सम्पन्न भएको छ । वर्ष २०१९ का अध्यक्ष संगिता सुवेदीले वर्ष २०२० का अध्यक्ष संगम खनाललाई पद हस्तान्तरण गरेकी हुन् ।

    नेपाल जेसीज २०२० का राष्ट्रिय अध्यक्ष असोक शंकरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सम्पन्न भएको हो । कोहलपुर जेसिजको ११ औं शाखा अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा राज कुमार पौडेल र राकेश विष्ट चयन भएका छन् भने उपाध्यक्षमा कमल बहादुर शाही, ईश्वर सुवेदी, सिर्जना सिवाल र विक्रम भुषाल भएका छन । त्यस्तै महासचिवमा रामप्रसाद पाण्डे, कानुनी सल्लाहकारमा धुब्र आचार्य, कोषाध्यक्षमा अन्जु न्यौपाने चयन भएकी छिन् ।

    त्यस्तै कोहलपुर जुनियर जेसीजको पनि पदस्थापना गरिएको छ । कोहलपुर जुनियर जेसीज २०१९ का अध्यक्ष सुरेन्द्र भट्टराईले वर्ष २०२० का अध्यक्ष रविन गौतमलाई पद हस्तान्तरण गरेका छन् । जसको कार्यकारी उपाध्यक्षमा भिम प्रसाद भुषाल र जेशिका श्रेष्ठ, उपाध्यक्षमा विष्णु शर्मा, निराजन पुन, विविशा राजभण्डारी र कृष्ण बहादुर शाही रहेका छन् ।

    कार्यक्रममा बोल्दै नेपाल जेसीज २०२० का राष्ट्रिय अध्यक्ष असोक शंकरले जेसीजले नेतृत्व र व्यक्तित्व विकास गर्ने भएकाले १८ वर्षदेखि ४० वर्ष सम्मका यूवाहरु जेसीजमा आवद्व भई देश विकासका लागि नयाँ दृष्टिकोण दिनुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर जेसीज वर्ष २०१९ की अध्यक्ष संगिता सुवेदीले कोहलपुर जेसीजले सामाजिक रुपान्तरणको अभियानमा लागिरहेको जानकारी दिँदै सबैले साथ र सहयोग गर्न आग्रह गरेकी छिन् ।
    कार्यक्रममा नेपाल जेसीजका २०२० का कार्यकारीणी उपाध्यक्ष शोभा खरेल, राष्ट्रिय महासिचव टेकराज रेग्मी, निरुपित उपाध्यक्ष रमा प्याकुरेल, राष्ट्रिय उपाध्यक्षहरु रामबहादुर बोगटी, गणेश साउद, धिरज शाही, शाखाका पूर्व अध्यक्षहरुलगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…