•  

    पौष 25 प्रवेश बिष्ट
    गरिब तथा विपन्न परि वारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । केहि दिन यता पश्चिमी वायुको कारण बढ्दै गएको चिसोलाई मध्नजर गर्दै बेलका नगरपालिकाको कर्णाली भनेर चिनिने बेलका वडा नं. ५ मा अवस्थित ज्ञान ज्योति आधारभूत विद्यालयका कक्षा १ देखि ५ सममका ५५ जना विद्यार्थीहरुलाई न्यानो कपडा स्विटर वितरण गरिएको छ ।

    सामाजिक उत्पीडनको सिकार भएका र गरिबीको रेखामुनी धान्न बाध्य भएका विद्यार्थीहरुलाई नजिकबाट नियाल्दै उत्त समस्याको समाधान गर्न युवा समाजसेवी भरत घिमिरेले उल्लेख्यनिय भूमिका निवार्ह गर्दै आइरहेका छन् ।

    समाजसेवी तथा युवा नेता भरत घिमिरेको पहलमा उदयपूरका व्यवसायी दिलिप श्रेष्ठ र पदम बजा्रचार्यले सहयोग गर्नुभएको थियो । पछिल्लो समय सामाजिक कार्यमा व्यस्त घिमिरेले यस अघि पनि विभिन्न विद्यालयमा पुगेर न्यानो कपडा वितरण गरेका थिए । उदपूरको विकट क्षेत्र मानिने ठाँउमा अत्याधिक चिसो बढेपछि साना बालबाकिाहरुको समस्यालाई हल गर्नका निम्ती न्यानो कपडा लिएर बोकेर बुधबार विद्यालयमै पुगेर कपडा वितरण गरिएको हो ।

    मिडिया नेपाल प्रदेश नम्बर १ का अध्यक्ष विजय राउत, स्थानिय सामुदायिक वन उपभोक्ता बेलकाका उपाध्यक्ष हिराजङ राई, बेलका सांस्कृतिक कला
    मञ्चका अध्यक्ष रामायण राई, सोही विदालयका प्रधानाध्यापक रेस्मी राई , विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दिल कुमार राई लगाएतको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको छ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …