•  

    पुष्कर खड्का
    रामेछाप - रामेछाप जिल्लामा संचालित वातावरण संरक्षण परियोनाले एकबर्षभरी संचालन गरेको कार्यक्रमका बारेमा समिक्षा गरिएको छ । विहिबार परियोजनाले नगरस्तरीय बैठकको आयोजना गरी परियोजना मार्फत एकबर्षभरी संचालन भएको कार्यक्रमको जानकारी संगै समिक्षा गरेको हो ।

    सामुदायिक विकास समाज मन्थली , श्रृजनशिल युवा समाज चिसापानी र सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारद्धारा संचालित परियोजनाको समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले विरुवा रोपेर मात्रै नहँुदे भन्दै त्यसको संरक्षणमा लाग्न परियोजनालाई सुझाव दिए ।



    उनले विकास निर्माण काम गर्दा वातावरण प्रभाव मुल्याङकन ( ई.आइ.ए ÷आई .ई.ई)को पुर्ण कार्यान्वयन गरेर अगाडी बढ्नुपर्ने बताउँदै यसको कार्यान्वयनका लागि स्थानी सरकारसंग समन्वय गरी सहयोग गर्न परियोजनालाई आग्रह गरे । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले नगरपालिकाभित्रका वडाहरु संग समन्वय गरेर आवश्यक योजना र कार्यक्रम बनाई खुला चरिचरण बन्द गर्ने बताए ।

    उनले सवै एक भएर वातावरण संरक्षणमा जुट्नु पर्ने भन्दै भएका साना विरुवा हुर्काउँनका लागि खुला चरिचरण बन्द गर्नुपर्ने बताए । अहिले मिनिरल वाटरको बोतलले मन्थली बजारनै कुरुप बनाइरहेको भन्दै बोतल संकलन गरेर ल्याउँने संग नगरपालिकाले किन्ने योजना बनाउँने पनि बताए । उनले वातावरण परियोजनाको काम आवश्यक अनुसारकै भएपनि प्रभावकारी समन्वय हुन नसक्दा केहि समस्याहरु आएकाले कार्यक्षेत्रका स्थानीय सरकारसंग प्रभावकारी समन्वय गर्न आग्रह गरे ।

    कार्यक्रमका अध्यक्ष एवं श्रृजनशिल युवा समाज चिसापानीका अध्यक्ष भुवन कुमार श्रेष्ठले परियोजना मार्फ आगामी बर्ष गरिने कार्यक्रम सरोकारवाला सवै निकायसंग समन्वय गरेर मात्रै संचालन गरिने बताए । कार्यक्रममा नेकपाका नेता झम्क कडेंल , नेपाली कांग्रेसका कोषाध्यक्ष कुमार श्रेष्ठ , मन्थली नगरपालिका वडा नं १ का वडाध्यक्ष नारायणदाश श्रेष्ठ, वडा नं ५ का वडाध्यक्ष राम बहादुर कार्की लगाएतले परियोजनाको कार्यक्रम राम्रो भएपनि प्रभावकारी समन्वय , पारदर्शिता र आवश्यकताको पहिचानमा ध्यान दिन सुझाब दिए ।

    सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलन घिसिङले कार्यक्रमबाट आएको सुझाहरुलाई आत्मसाथ गर्दै आगामी कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा वातावरण संरक्षण परियोजना रामेछापका संयोजक विनोद थापाले परियोजना मार्फत एक बर्षभरी भएका कामका बारेमा जानकारी गराएका थिए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …