• बाहुण्डाँगी । मेचीनगर लेडी जेसीज बर्ष २०२० की अध्यक्ष तुलसा दङ्गाल भण्डारीले शनिवारदेखि पदभार ग्रहण गरेकी छिन् । उनलाई बर्ष २०१९ की अध्यक्ष मञ्जु भण्डारीले आफूले लगाएको जेसीज चेन दङ्गाललाई लगाइदिएर पदहस्तान्तरण गरेकी हुन् ।

    विधिको शासन, भ्रातृत्व र व्यक्तित्व विकासको मूलमन्त्र बोकेको जेसीजमा कार्य समितिको कार्यकाल एक वर्षको रहने हुँदा एक कार्यकाल भन्दा बढी नेतृत्व गर्नै नपाइने प्रक्रिया अन्य संस्थाको भन्दा नमुनायोग्य मानिन्छ ।

    मेचीनगर लेडी जेसीजको यो छैठौं पद हस्तान्तरण हो । कविता शर्मा मेचीनगर लेडी जेसीजको संस्थापक अध्यक्ष हुन् भने त्यसपछि टीका सुबेदी, उषा श्रेष्ठ, शोभा श्रेष्ठ, सुनिता पनेरुले एक कार्यकाल अध्यक्ष भएर नेतृत्व गरिसकेका छन् ।

    कार्यक्रममा पूर्व अध्यक्ष टीका सुवेलीले स्व. आमाको नाममा स्थापना गरेको जयन्ती बराल स्मृति अवार्डबाट संस्थाकी सदस्य सुभद्रा नेपाललाई र संस्थापक अध्यक्ष कविता शर्माले स्व. सासु ससुराको नाममा स्थापना गरेको सावित्रा तथा पर्शुराम शर्मा स्मृति अवार्डबाट रश्मी प्रधानलाई सम्मानित गरिएको थियो ।

    संस्थाकी अध्यक्ष मञ्जु खनाल भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नेपाल जेसीज २०२० का थिम डाइरेक्टर मनिष सुर्य मगर, संस्थाकी संस्थापक अधयक्ष कविता शर्मा, धुलावारी जेसीजका शाखा अध्यक्ष केशव पोखरेललगायतले बोलेका थिए ।

    नव निर्वाचित अध्यक्ष दंगालले सपथ ग्रहणपछि विभिन्न पदमा मनोनित गरेकी थिइन् । जसमा महासचिवमा शुशिला खतिवडा, कोषाध्यक्षमा सविता पोखरेल, कानुनी सल्लाहकारमा सुनिता पनेरु, तालिम निर्देशकमा सिता घिमिरे, जनसम्पर्क अधिकारीमा सुभद्रा नेपाल थिम डाइरेक्टरमा रश्मि प्रधान, सह कोषाध्यक्ष बन्धना भण्डारीलाई मनोनित गरिएको छ ।

    यस अघि भएको साधारणसभाबाट कार्यकारीणी उपाध्यक्षमा गीता ओझा, शान्ता सिटौला, उपाध्यक्षहरु पवित्रा विमली प्रसाई, सुनिता थापा, रेजिना श्रेष्ठ र एरिषा बुढाथोकी सर्वसम्वत निर्वाचित भएको निर्वाचन आयुक्त सुनिता पनेरुले घोषणा गरेकी थिइन् ।

    कार्यक्रम संयोजक सविता पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन २०१९ की महासचिव गीता ओझा र २०२० की महासचिव शुशिला खतिवडाले सयुक्त रुपमा गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…