• ताप्लेजुङ,२९ पुस । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको भेटी सङ्कलनबारे सरकारको नयाँ निर्णय विवादमा आउने देखिएको छ । हालसम्म निजीस्तरको एक संस्थाले सङ्कलन गर्दै आएको भेटी अब सरकारी समितिमार्फत सङ्कलन गर्न गृह मन्त्रालयले परिपत्र गरेपछि विवादमा आउने देखिएको हो ।
    भेटी सङ्कलनबारे सरकारले पछिल्लो पटक उक्त निर्णय गर्दै अबदेखि सरकारी समिति पाथीभरा क्षेत्र विकास समितिमार्फत भेटी सङ्कलन गर्न निर्देशनसहितको पत्र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा आएको छ । गृहमन्त्रालयको उक्त पत्रबारे विस्तृत जानकारी नभए पनि हाल सङ्कलन गर्दै आएको निजीस्तरको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन र पाथीभरा क्षेत्र विकासबीच समन्वय गरेर सरकारी मातहतमा भेटी सङ्कलन गर्न पत्राचार भएको आपूmले बुझेको सहायक प्रमुख जिल्ला अधिकारी भगिमान मादेनले जानकारी दिए । अहिले निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका मादेनले प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी समक्ष पत्र आएकाले विस्तृत आपूmलाई थाहा नभएको बताए ।
    यता सरकारको उक्त निर्णयको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले भने विरोध गरेको छ । समितिका कार्यबाहक अध्यक्ष रणबहादुर कार्कीले दवाब र पहुँचका भरमा सरकारले निर्णय गरेको आरोप लगाउँदै उक्त निर्णय दुःखद् र भत्र्सनायोग्य भएको समेत बताए । कार्कीका अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन प्राधिकरण अन्र्तगत नीति निर्देशन हुनुपर्नेमा गृहमन्लायमार्फत हुनु दुःखद् भएको हो ।

    कार्कीले सरकारले गरेको उक्त निर्णयका लागि पाथीभरा क्षेत्र विकास समितिको वर्तमान नेतृत्वको हात भएको समेत आरोप लगाउनुभयो । “यो हठात् रुपमा दवाबको भरमा निर्णय भई सरकारी निर्देशन आएको हो, यसले सदियौं देखि पाथीभराको विकासमा क्रियाशिल संस्था बिचको मित्रवत् सम्बन्धमा सङ्कट आइपर्ने देखिन्छ” कार्कीले भन्नुभयो । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले मित्रवत् व्यवहारमा सङ्कट नआओस् भन्ने चाहेको उनले बताए ।
    यस्तै सम्बन्धित मन्त्रालयले जारी गरेको परिपत्रअनुसार काम हुँदै आएको बेला कसैको दवाब र प्रभावमा निर्णय गरेर पठाइएको निर्देशन स्वीकार्य नहुने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका सदस्य दिनेश खवासले बताए । खबासले बेमौसमी निर्णय गरेर पाथीभरामा क्रियाशिल निकायबीच विवाद बढाउने काम भएको पनि बताए ।
    यसअघि केही महिना पहिले मात्रै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका मठ–मन्दिरको भेटीपातीलाई सङ्कलन गर्ने अधिकार सरकारद्वारा स्थापित सबै निकायलाई हुने तर मन्त्रालयको स्वीकृति लिनुपर्ने परिपत्र गरेको थियो । मन्त्रालयको सोही परिपत्रअनुसार ताप्लेजुङमा भने सरकारी समिति पाथीभरा क्षेत्र विकास र निजी पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिको साझा अपनत्व हुनेगरी समन्वय समितिमार्फत पाथीभराको भेटीपाती व्यवस्थापन हुँदै आएकोमा पछिल्लो गृह मन्त्रालयको पत्राचारले विवाद सृजना हुने देखिएको हो ।

    पाथीभरा क्षेत्र विकास समिति अध्यक्षमा भने गएको साउनदेखि झापा पुख्र्यौली घर भई हाल काठमाडौं बस्दै आउनुभएका पुष्प बडुवाल सरकारले नियुक्त गरेको छ । समिति अध्यक्षमा बडुवाल नियुक्त हुने वित्तिकै उहाँ स्थानीय नभएको भनी आलोचना समेत भएको थियो ।
    यसैबीच पाथीभरा देवीको प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुन १ देखि ३ गतेसम्म तीन दिन ‘पाथीभरा महोत्सव तथा हिमालयन् गाइड्स पाथीभरा म्याराथन २०७४’ को आयोजना गरिएको छ । हालको भेटी विवादले महोत्सवलाई भने कुनै प्रभाव नपार्ने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका कार्यबाहक अध्यक्ष कार्कीको भनाइ छ ।
    नेपालकै प्रसिद्ध पाथीभरा देवी मन्दिर ताप्लेजुङ सदरमुकाम फुङ्लिङदेखि करिव १९ दशमलव २ किलोमिटर टाढा र तीन हजार ७९४ मिटरको उचाइमा रहेको छ । पाथीभराको दर्शन गर्न नेपालबाहेक भारत, भूटान लगायतका देशबाट वार्षिक हजारौं तीर्थयात्री दर्शन गर्न आउने गरेका छन् भने लाखौं रुपियाँ भेटी रकम सङ्कलन हुँदै आएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…