• झापा । श्रीमद्धभागवत का प्रख्यात कथा वाचक वाचन प्रविण पंडित दिनवन्धु पोख्रेल झापा आउने भएका छन । फागुन २३ गते देखि २९ गते सम्म झिलझिलेमा आयोजना हुने महा पुराणमा प्रमुख कथा वाचकका रुपमा पोख्रेल आउने निधो भएको उनका स्वकिय सचिव पंडित धु्रवशरण वत्स्यालले वताए ।
    गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायीक शिक्षालय झापाको आयोजनामा झिलझिलेमा पुराण हुने भएको हो । प्रतिष्ठानको स्वामित्तमा रहेको १० विगाह क्षेत्रमा प्राविधिक शिक्षालयको भवन निर्माण सहयोगार्थ पुराण आयोजना हुन लागेको आयोजक संस्थाले वताएको छ । १०० सैयाको अस्पताल, प्राविधिक शिक्षालय, अन्र्तराष्ट्रिय स्तरको रंगशाला र २००० क्षमताको सभाहल निर्माणको गुरुयोजनाका लागि पुराण आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष सन्तोषकुमार मेन्याङवोेले वताए ।


    पुराणका लागि प्रतिष्ठानका अध्यक्ष मेन्याङवोेको अध्यक्षतामा ५ हजार १ सदस्यीय पुराण आयोजक मुल समारोह समिति गठन भएको छ । यस्तै सन्तकुमार फेवादेनको संयोजकत्वमा २१ सदस्यीय पुराण प्रचार प्रसार समिति गठन भएको छ । यस्तै गणेश प्रधानको संयोजकत्वमा आर्थिक उपसमिति गठन भएको छ भने विष्णु सुव्बाको संयोजकत्वमा वैदेशिक सम्पर्क उपसमिति गठन भएको छ ।
    पुराण आयोजनाका लागि प्रतिष्ठानका अध्यक्ष मेन्याङवोेले संस्थाको विगतको उपलव्धी, भविस्यको कार्यदिशा र उद्धेस्य माथि प्रकाश पारेका थिए । स्वर्गिय पंडित नारायण प्रसाद पोख्रेल स्मृति प्रतिष्ठानका सामाजिक अभियन्ता पंडित धु्रवसरण बस्यालले गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायीक शिक्षालय को योजना सिङो मुलुक र समाजका लागि रचनात्मक भएको बताए । उनले झापामा आएर वाचन प्रविण पंडित दिनवन्धु पोख्रेलले समाज रुपान्तरणका लागि केहि गर्ने अवसर मिलेको पनि वताए ।
    झिलझिलेको शिवालय मन्दिर परिसरमा भएको सरोकार राख्ने स्थानियबासिन्दा संगको भेला प्रतिष्ठानका अध्यक्ष तथा पुराण आयोजक मुल समारोह समितिका अध्यक्ष सन्तोषकुमार मेन्याङवोेको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष केहरसिंह वस्नेतले आफ्नो निजि श्रोत वाट प्रतिष्ठानका लागि एउटा कोठा निर्माण गरिदिने वताए । सो कार्यक्रममा नेकपा एमालेका शिवसताक्षी नगर अध्यक्ष धनवहादुर थेवे लगायतका अतिथिले पुराण सफल्ताको कामना गरेका थिए । प्रतिष्ठानका सचिव ईन्द्रप्रसाद प्रसाईले स्वागत गरेको कार्यक्रमको संचालन सदस्य ज्ञानवहादर न्यौपानेले गरेका थिए ।
    यसैविच शिवसताक्षी नगरपालिका ८ का शिव रेग्मीले पुराण संचालन सहयोगार्थ जापानबाट १० हजार १ सय १० रुपैयाँ प्रदान गरेका छन । प्रतिष्ठानका विदेश विभाग प्रमुख विष्णु सुव्बालाई रेग्मीले सो रकम हस्तान्तण गरेको प्रतिष्ठानले शनिवार एक प्रेस नोट प्रकाशित गरि जानकारी दिएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…