• बाहुण्डाँगी । धनगढी लेडी जेसीजका छैठौँ पदहस्तान्तरण शुक्रवार सम्पन्न भएको छ । कार्यक्रममा २०१९ की अध्यक्ष पुनम चटौतले २०२० की नवनिर्वाचित अध्यक्ष लक्ष्मी शाहीलाई जेसीज चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराउनु भएको थियो ।
    सोही कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शाहीले विभिन्न पदमा मनोनित गर्नु भएको थियो । जसमा महासचिवमा सरस्वती भट्ट, कोषाध्यक्ष मिना भण्डारी, कानुनी सल्लाहकार शान्ती जोशीलाई मनोनित गरिएको छ । यसैगरी, अध्यक्षको प्रमुख सल्लाहकारमा निर्मला भट्ट ओझा, सुनिता राना, तुलसी शाही रहनु भएको छ ।
    यस अघि निर्मला श्रेष्ठ र धर्मा जोशी, उपाध्यक्षहरुमा शुशिला निरौला, अधिवेशनले कार्यकारीणी उपाध्यक्षमा नेत्रा भण्डारी, स्वेता थापा, रिजुवाना खातुन निर्वाचित भएका थिए ।
    शाखाकी २०१९ की अध्यक्ष पनम चटौतको सभापतित्व तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अशोक शंकरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका महासचिव टेकराज रेग्मी, राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष शोभा खरेल, धनगढी जेसीजका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय कोषाध्यक्ष हेमराज ओझा, धनगढी लेडी जेसीजकी पूर्व अध्यक्ष सुनिता रानालगायतले धनगढी लेडी जेसीजको सफलताको शुभकामना दिनु भएको थियो ।
    कार्यक्रममा राष्ट्रिय उपाध्यक्षहरु रामबहादुर बोगटी, रमा प्याकुरेल, धनगढी लेडी जेसीजका पूर्व अध्यक्ष निर्मला भट्ट, मातृ शाखा धनगढी जेसीजका अध्यक्ष नरेन्द्र अवस्थी, छिमेकी शाखा अत्तरिया जेसीजका अध्यक्ष गणेश शाह, लम्की जेसीजका अध्यक्ष मोहन ढुङ्गाना, लम्की लेडीकी अध्यक्ष इशारा थापा, धनगढी जेसीजका पूर्व अध्यक्षहरुको सहभागितामा रहेको थियो ।
    शुक्रवार सम्पन्न कार्यक्रमको कार्यकारीणी उपाध्यक्ष रिता अवस्थीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव स्वेता थापाले गरेकी थिइन् ।

                                                     

                                                          को हुन् अध्यक्ष शाही ?
    धनगढी लेडी जेसीजको स्थापना २०१३ सालमा भएको थियो । आफ्नै ठाउँमा लेडी जेसीजको स्थापना भएपछि २०१४ सालमा लक्ष्मी शाही धनगढी लेडी जेसीजमा प्रवेश गर्नु भयो । विभिन्न सामाजिक गतिविधिमा क्रियाशील रहदै आउनु भएकी शाहीका लागि जेसीज यात्राले थप निखार्दै लग्यो । धनगढी लेडी जेसीजको अभियानमा २०१५ देखि निरन्तर महत्वपूर्ण जिम्मेवारी कुशलतापूर्वक बहन गर्नु भयो । उहाँले शाखाको उपाध्यक्ष, कार्यकार्यरीणी उपाध्यक्ष, कोषाध्यक्ष, महासचिव र कानुनी सल्लाहकार जस्तो गरिमामय पदमा रहेर आफ्नो कार्यकुशलता प्रर्दशन गर्नु भएको थियो । सरल स्वभाव, स्पष्ट वक्ता, निडर र आत्माविश्वासी शाहीको लगनशिलतालाई उच्च सम्मान गर्दै धनगढी लेडी जेसीजले २०२० का लागि अध्यक्षको जिम्मेवारी दियो । व्यवसायकि रुपमा फेन्सी व्यवसाय गर्दै आउनु भएकी शाहीले नेपाल जेसीजका ३ वटा महाधिवेशन, २ वटा एरिया कन्फ्रेन्स र विभिन्न तालिम गोष्टिहरुमा आफुलाई सक्रिय सहभागि गराइसकनु भएको छ । ग्रामिण विकासमा स्नातक तह उत्तिर्ण शाहीका  श्रीमन एक छोरी र एक छोरा रहेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…