बाहुण्डाँगी । दाङ महिला जेसीजकोअध्यक्षको जिम्मेवारी जीवा भुषाल सम्हाल्ने हुनु भएको छ । शनिवार शाखाको ११ औँ पद हस्तान्रणसँगै उनलाई २०२० को नेतृत्वको जिम्मेवारी प्रदान गरिएको हो । २०१९ की शाखा अध्यक्ष रेखा शर्माले नवनिर्वाचित अध्यक्ष भुसााललाई चेन हस्तान्तरणसहति सपथ ग्रहण गराउनु भएको थियो ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा अनिता ढकाल र नारायणी भण्डारी, उपाध्यक्षहरुमा शर्मिला भण्डारी, बसन्ता भण्डारी, सुजन पौडेल र सिन्धु रिजाल, सहसचिवमा नोमिका चौधरी निर्वाचित भएका छन् ।
यसैगरी नवनिर्वाचित अध्यक्ष भुषालले महासचिवमा सुनिता गिरी, कोषाध्यक्षमा शारदा घर्ती र कानुनी सल्लाहकारमा ममता विष्ट, जनसम्पर्क अधिकारीमा नमा शर्मा, तालिम निर्देशकमा जुनुकुमारी बढा, शाखा सम्पादकमा सुनिता थापा, प्रकरण निर्देशकमा बसन्ती सुवेदी, सदस्यता बृद्धि संयोजकमा सुनिता अधिकारी र कोष बृद्धि संयोजकमा अन्जना मल्ललाई लाई मनोनित गर्नु भएको छ ।
२०१९ की अध्यक्ष रेखा शर्माको सभापतित्व तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अशोक शंकरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष शोभा खरेल, कार्यकारीणी उपाध्यक्ष लालमणी भण्डारी, निरुपित राष्ट्रिय उपाध्यक्ष रमा प्याकुरेल, राष्ट्रिय तालिम कोषाध्यक्ष बिरसिंह महरालगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव अनिता ढकालले गर्नु भएको थियो ।