• बाहुण्डाँगी । तुलसीपुर नगर जेसीजको ८ औँ पद हस्तान्तरण शनिवार सम्पन्न भएको छ । शाखाका २०१९ का अध्यक्ष मेघराज घिमिरेले २०२० का अध्यक्ष मोहन सुनारलाई पद हस्तान्तरण गर्नु भएको हो ।
    सुनारको नेतृत्वमा २०२० का लागि कार्यकारीणी उपाध्यक्षमा पूर्णविक्रम भण्डारी, एकाज भण्डारी, उपाध्यक्षहरुमा बसन्त भण्डारी, मदन गौतम, मेघराज पोखरेल, कृष्णप्रसाद पोखरेल, सचिव छबिकुमार निर्वाचित भएका निर्वाचन आयुक्त दिपेश भण्डारीले बताउनु भयो । नवनिर्वाचित अध्यक्ष सुनारले महासचिवमा केशवराज केसी, कोषाध्यक्ष कमलप्रकाश शर्मा, कानुनी सल्लाहकारमा नेत्रलाल भट्टराई, जनसम्पर्क अधिकारीमा भवन वली, प्रवक्तामा शरद देवकोटा र तालिम संयोजकमा सञ्जिव भुषाल मनोनित हुनु भएको छ ।
    कार्यक्रममा विभिन्न क्षेत्रमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
    शाखाका अध्यक्ष मेघराज घिमिरेको सभापतित्व तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अशोक शंकरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष शोभा खरेल, कार्यकारीणी उपाध्यक्ष लालमणी भण्डारी, निरुपित राष्ट्रिय उपाध्यक्ष रमा प्याकुरेल, राष्ट्रिय तालिम कोषाध्यक्ष बिरसिंह महरा, तुलसीपुर उपमहानगरपालिकाका वडा अध्यक्ष नवराज लामिछाने, पूर्व अध्यक्षहरु विमलकुमार पौडल, सुर्यप्रसाद शर्मा, झरेन्द्र खरेल, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु राउत, निवर्तमान अध्यक्ष बिमल रिजाल, रोटरी क्लब अफ तुलसीपुरका अध्यक्ष जितबहादुर केसी, रोट्याक क्लब अफ तुलसीपुरका अध्यक्ष नविन राई, सिऋेश्वरी यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, तुलसीपुर नगर जेसीजका सल्लाहकार कुशल तर्ताल, पदम पोखरेल, चिन्तामणी भट्टराई, समाजसेवी विनोद शर्मा, शिव थापा, राप्ति शान्ति पार्कका अध्यक्ष डिल्ली भण्डारी, गोर्खा माविका प्रिन्सिपल विजय जीएम, अमर माविका प्रिन्सिपल टिम अधिकारी, मेरीगोल्डका प्रिन्सिपल बासुदेव रिजाल, ग्यालेक्सि बोडिङका प्रिन्सिपल डम्बर डाँगी, ग्रेट अरनिको माविका प्रिन्सिपल विष्णुप्रसाद देवकोटा, समाजसेवी लोकराज डाँगी, तुलसीपुर नगर स्तरीय प्याव्सनका अध्यक्ष गिरीराज डाँगी, एन प्याव्सनका भोजराज न्यौपाने, शरद रेग्मीलगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन २०१९ का महासचिव मोहन सुनार र २०२० का महासचिव केशवराज केसीले गरे्का थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…