बाहुण्डाँगी । धुलावारी जेसीज २०२० को अध्यक्षमा सागर खनाल निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको ४१ औँ वाषिक साधारणसभाबाट खनाललाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरिएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षहरुम आश्मा चापागाई, शेखर गिरी, उपाध्यक्षहरु प्रभाव भण्डारी, विशाल काफ्ले, भुमि पौडेल र दीक्षा काफ्ले निर्वाचित भएका निर्वाचन आयुक्त एवम २०१७ का अध्यक्ष सुभाष रिजालले बताउनु भयो ।
यसैगरी धुलावारी जुनियर जेसीजको अध्यक्षमा विजेता डाँगी सर्वसम्वत निर्वाचित हुनु भएको छ । जुनियरको कार्यकारीणी उपाध्यक्ष विपना काफ्ले, सचेत घिमिरे, रुक्शना शिवाकोटी, विशाल काफ्ले, श्रेया खतिवडा र जिवराज घिमिरे निर्वाचित भएका आयुक्त रिजालले बताउनु भयो । कार्यक्रम धुलावारी जेसीज २०१९ का अध्यक्ष केशव पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।