• बाहुण्डाँगी । देवदह जेसीजको अध्यक्षमा सुरेन्द्र अधिकारी निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको चौथो शाखा अधिबेशनले अधिकारीलाई २०२० का लागि अध्यक्षमा सर्बसम्मत निर्बाचित गरेको हो ।
    शाखाको कार्यकारिणी उपाध्यक्षमा यम थापा र कमल भण्डारि तथा उपाध्यक्षमा सुरज बश्याल, नारायण अधिकारी , किशान पौडेल,कृष्ण गुरुङ निर्बाचित हुनुभएको थियो त्यस्तै गरि सहसचिव कमला अर्याल र सह कोषाध्यक्षमा सोभा काफ्ले सर्बसम्मत निर्बाचित हुनुभएको हो ।

    अध्यक्षको मनोनितबाट महासचिवमा केशब पराजुली र कोषाध्यक्षमा धर्मराज ढकाल र कानुनी सल्लाहकारमा मीन प्रसाद भट्टराई मनोनित हुनुभएको थियो ।

    उक्त कार्यक्रममा निर्बाचन आयुक्तको रुपमा देवदह जेसिज बर्ष २०१८ का अध्यक्ष बिष्णु न्यौपाने रहनु भएको थियो ।
    अध्यक्ष जेसि केशब अधिकारीको अध्यक्षता भएको उक्त कार्यक्रममा नेपाल जेसिज बर्ष द्दण्द्दण्का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसिआइ सेनेटर बिजय गुरुङ् को प्रमुख आतिथ्यतामा उक्त कार्यक्रममा देवदह जेसिजका संस्थापक कानुनी सल्लाहकार देवदह नगरपालिका वार्ड नम्बर ६ का वडा अध्यक्ष दामोदर क्षेत्री ज्यु लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…