दिपक बस्नेत
दोलखा तामाकोशी गाउँपालिका स्थीत जाल्पादेवी साना किसान कृषि सहकारी संस्था मालुको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष निर वहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा तामाकोशी गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि उर्मिला खड्का के.सी.ले पानसमा बत्तिवालेर कार्यक्रमाको उद्घाटन गर्नु भएको थियो ।बार्षिक साधारण सभामा पालिका उपाध्यक्षले कृषिको क्षेत्रमा उल्लेख्य काम गरेको र अनुदानको समेत व्यवस्था गरेको बताउनुभएको थियो ।
कार्यक्रममा तामाकोशी गाउँपालिकाका प्रवक्ता एवंम वाडा नम्वर ४ मालुका अध्यक्ष होम बहादुर श्रेष्ठले कृषि व्यवसाय गर्नको लागि जंगलि जनावरले दुख दिने गरेकाले हाल समस्यको रुपमा रहेको यसको लागि पालिकाले के गर्न सकिन्छ भनेर गम्भिर रुपमा लिएको वताउँनु भयो ।
साधारण सभा कार्यक्रममा अध्याक्षको प्रतिवेद, आर्थिक प्रतिवेदन र आगामि कार्ययोजनाको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा स्थानिय कलाकारद्धार नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा संस्थाको तर्फबाट पालिका उपाध्यक्ष उर्मिला खड्का के.सी, पालिकाका प्रवक्त एवंम वडा नम्वर ४ का अध्यक्ष होम बहादुर श्रेष्ठ, ८३ वषिय बृदा कामला घिमिरे , संस्थालाई साउनस्टिम उपलब्ध गराउने सुर्जाना श्रेष्ठ लागाएत अन्य ब्यक्तिलाइ सम्मान गरेको थियो ।