• उर्लाबारी,३० पौष
    विपन्न परिवारमा आर्थिक समस्याकै बाबजुद धैरै नै समस्या झेल्नुपर्ने हुन्छ । त्यसमा पनि धैरै जसो जाडोमा न्यानो कपडा नहुँदा काप्दै दैनिकी बिताउँन बाध्य छन्,सर्वसाधारण ।
    कतिपयमा अस्पतालसम्म जाँदा निःशुल्क उपचार हुन्छ भन्ने हेक्का पनि नहुन सक्छ । हो, त्यही पीडा र समस्यालाई मनन गर्दै शनिबार अपाङ्गता भएका ब्यक्तिहरुलाई न्यानो कपडा वितरण तथा स्वास्थ्य शिबिर गरिएको छ ।

    उर्लाबारी–२ स्थित सालबारी सामुदायिक वनको खेलमैदानमा न्यानो अभियान नेपाल उर्लाबारीको आयोजनामा गरिएको उक्त कार्यक्रममा मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुशल लिम्बूको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त कार्यक्रममा ५५ जनालाई कम्बल र ३२ जनालाई ज्याकेट वितरण गरिएको छ भने ९३ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । गोदावरी हस्पिटलको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिबिरमा अपाङ्गता भएका ब्यक्तिहरुको सहभागिता रहेको थियो । प्रदेश सांसद लिम्बूले न्यानो अभियानले गरिब तथा विपन्न समूदायलाई जाडोमा न्यानो कपडा वितरण गरी उदाहरणीय कार्य गरेको भन्दै नगद १० हजार रुपैयाँ सहयोग गरेका छन् ।



    उनले राज्यले गर्नु पर्ने काम एउटा संस्थाले गरेको भन्दै खुलेर प्रशंसा गरेका थिए । लक्षित वर्ग कार्यक्रम अन्तरगत उर्लाबारी र मिक्लाजुङ क्षेत्रमा अपाङ्गता भएका ब्यक्तिहरुको भवन निर्माणमा पहलकदमी गर्ने उनले बचन दिएका छन् । आफू जनताको सेवक भएर काम गर्न आएको उल्लेख गर्दै क्षेत्रको विकासका लागि गुरु योजना बनाएर अघि बढ्ने सांसद लिम्बूले बताएका छन् ।

    कार्यक्रममा समाजसेबी जयधर्म आचार्य, तेजकुमार रिजाल, गोदावरी हस्पिटल प्रा.लि.का सञ्चालक डा. सूर्यनारायण साह, न्यानो अभियानका सल्लाहकार पूर्ण वाइवालगायतले बोल्दै न्यानो अभियान प्रभावकारी रुपमा अघि बढेको भन्दै प्रशंसा गरेका थिए । सोही अवसरमा सल्लाहकार वाइबाले २५ हजार रुपैयाँ बार्षिक सहयोग गर्ने घोषणा गरेका छन् । अभियानका अध्यक्ष पूर्ण सिंगक लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष सरोज बस्नेतले स्वागत तथा सदस्य विजय धिमालले कार्यक्रम सञ्चालन गरेका थिए ।

    २०६१ सालबाट सुरु भएको उक्त अभियानमा पूर्ण सिंगक, सञ्जिब बुढाथोकी, सरोज बस्नेत, तेजन खड्का, सृष्टि भट्टराई, कमलजोजो वाइबा, कृष्ण वाइबा, बिजय धिमाल, शंकर निरौला, नविना थापा, पूर्ण वाइबा, ज्ञानु योञ्जन, राजकुमार योञ्जन, दिपिन खड्का, सन्तोष गौतम, विवेक हिङमाङ, सुनिल अग्रवाललगायत समाहित छन् । अभियानमा स्वास्थ्य सेवाको लागि गोदावरी हस्पिटल प्रालि उर्लाबारीको प्राविधिक सहयोग छ ।


    अध्यक्ष सिंगक भन्छन्,‘जाडोमा समस्यामा परेकाहरुको अवस्था देखेर चुप लागेर बस्न सकेनौं । त्यसले गाउँटोलमा गएर सहयोग गरेका हौं ।’ सिंगकअनुसार सहयोगीदाता तथा आफूहरुको गोजीको पैसाले सकेको सहयोग गरिएको हो । सबैतिर सहयोग गर्न नसकिएला सिंगक भन्छन्, ‘स्थानीय स्तरमा युवाहरुमा सामाजिक भाव जागृत भएर आफ्नो ठाउँमा लाग्ने हो बिपन्न समुदायमा सहयोग गर्न सकिन्छ ।’

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…