• बाहुण्डाँगी । जनकपुर जेसीज वर्ष २०२० का लागि गौतम शाह अध्यक्षमा निर्वाचित भएका छन् । शनिवार सम्पन शाखाको ३७ औँ साधारणसभाले शाहलाई सर्वसम्वत अध्यक्षमा निर्वाचित गरेको हो । शाह २०१९ को बोर्डमा कार्यकारीणी उपाध्यक्षमा रहेर काम गरेका थिए ।
    शाखाको कार्यकारीणी उपाध्यक्ष यातोश शाह र नरेन्द्रविक्रम शाह, उपाध्यक्षहरु प्रशान्त झा, उपेन्द्र शाह, राजुकुमार शाह र डा. राजेश मण्डल सर्वसम्वत निर्वाचित भएका निर्वाचन आयुक्त तथा शाखाका निवर्तमान अध्यक्ष जितेन्द्र महासेठले बताउनु भयो ।
    यसैगरी, नवनिर्वाचित अध्यक्ष शाहले महासचिवमा मनोजकुमार शाह, कोषध्यक्षमा राजकुमार शाह र कानुनी सल्लाहकारमा रितेश गुप्ता मनोनित गरेका छन् ।
    शाखाका २०१९ का अध्यक्ष तुलसी पञ्जियारको अध्यक्षता तथा पूर्व अध्यक्ष इन्जिनियर प्रकाश चन्द्र शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्ष निर्मलकुमार चौधरी, श्यामप्रसाद शाह, विद्याकरप्रसाद शाह, रविकुमार शाह, प्रदिप चौधरी, प्रमोद चौधरी, सिनेटर सन्तोषकुमार शाह, सन्तोष गुप्ता, लक्ष्मीनारायण शाह, रामकिशोर शाह, सिनेटर मनिषरमण शाह, अजयकुमार प्रसाद, विजय शाह, शंकरप्रसाद शाह, सुधिर पञ्जियार, सुदिप कोइराला, नासिर अहमदको सहभागिता रहेको थियो । हरेक वर्ष हुने शाखा अधिवेशनमा शाखाका पूर्व अध्यक्षहरु यति धेरै मात्रामा सहभागि हुने सायदै यो शाखा नै पहिलो हुने गरेको छ । शाखाको अधिवेशनमा प्राय सबै पूर्व अध्यक्षहरुको सहभागिता हुने गरेको छ ।
    अधिवेशन पूर्व भएको उम्मेदवारहरुलाई पूर्व अध्यक्ष ट्रेनर सदिप कोइरालाले तालिम प्रदान गर्नु भएको थियो । स्मरण रहोस जनकपुर जेसीजले नेपाल जेसीजको ४५ औँ राष्ट्रिय महाधिवेशन उत्कृष्ट रुपमा सम्पन्न गरेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…