•  

    काठमाडौं । यस बर्षको माघ १ गते अर्थात् बुधबार पर्ने माघे संक्रान्ति तथा माघी पर्बका दिन गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ । गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले माघी पर्वको छेको पारेर बिदा दिने निर्णय गरी सार्बजनिक बिदा दिने सूचना जारी गरेको हो ।

    गएको वर्षमा पनि प्रदेश सरकारले यही माघी पर्वको छेकोमा सार्वजनिक बिदा दिएको थियो ।

    माघी पर्व पवित्र नदिमा स्नान गरेर पुजा आजा गरि मनाइन्छ । घिउ, चाकु, तरुल आदि परिकार माघी मेलामा खाने गरिन्छ ।
    उक्त दिन गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरू विदा हुने सूचनामा उल्लेख छ ।

    यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले पनि माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

    यस सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरको रहेको थारु समुदायले माघे संक्रान्तिलाई माघी पव भन्दै नयाँ बर्षको रुपमा धुमधामका साथ मनाउने गर्दछन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…