• पप संगीतका राजा भनेर चिनेने माइकल जैक्सन काे पुरा नाम माइकल जाेसेफ जैक्सन थियाे । उनकाे जन्म सन् १९५८ काे २९ अगष्टमा भएकाे थियाे र मृत्यु सन् २००९ काे २५ जुनमा भएकाे थियाे । उनि अमेरिकाका वेष्ट सेलिङ्ग गायक, गीत लेखक र डान्सर थिए ।

    वालापनमा उनी आफ्नाे दाजुहरूकाे गीत गाउने ग्रुपमा बसेर गीत गाउन सुरू गरेका हुन् । जसलाई जैक्सन ५ भनेर चिनिन्छ । पछि उनले एकल रूपमा विश्व विख्यात गायक बन्न सफल भए ।

    धेरै समय सम्म टप वानमा पर्न सफल जैक्सनले द वाल, थ्रिलर र ब्याड जस्ता सुपरहिट एल्बमहरूले विश्व बजारमा तहल्का मच्चायन सफल भयाे । उनिमाथी बालबच्चाहरू दुरूपयाेग सम्बन्धी मुद्दा लागेकाे थियाे । उनकाे मृत्यु अधिक लागुपदार्थकाे सेवनबाट सन् २००९मा भएकाे थियाे ।

    १३ वर्षको उमेरमा जैक्सनले, जैक्सन ५ सँग मिलेर क्यारियर सुरू गरे । उनिहरूकाे पहिलाे एल्बम “Got to Be There,” अमेरिकन टप लिस्टमा पर्न सफल भएकाे थियाे । त्यसपछि १९७२ मा ‘Ben’, १९७३मा ‘Music and Me’, सन् १९७५ ‘Forever, Michael’ सबै भनेजस्ताे हिट भैरह्याे । सन् १९७९ मा ‘Off the Wall’ ले उनलाई चर्चाकाे शिखरमा पुर्याउन सफल भयाे र उनले ग्रामी अवार्ड हाता पारे ।

    त्यसबेलाकाे हिट गीत “Don’t Stop ‘Til You Get Enough,” अझैपनि रेडियाेमा बजेकाे सुन्न पाईन्छ । सन् १९८२ थ्रिलर एल्बम बाहिर आयाे । थ्रिलरले अर्काे ईतीहास रच्न सफल भयाे । उक्त एल्बम ८० हफ्ता टप टेनकाे लिस्टमा बस्न सफल भएकाे थियाे भने ३७ हफ्ता नं. १ भएर बस्न सफल भएकाे थियाे । त्यस एल्बमले १२ वटा ग्रामी अवार्डमा नाेमिनेसन मध्य ८ वटा अवार्ड हाता पारेका थिए । त्यस एल्बमकाे बहुचर्चित गीत “Billie Jean” उत्कृष्ट भाेकलकाे अवार्ड प्राप्त गरेकाे थियाे जुन गीत आजपनि धेरै युवा धडकनमा धड्कीरहेकाे सुनिन्छ ।

    सन् १९८५ मा ‘We Are the World’ च्यारिटिकाे लागी एल्बम निकाले । सन् १९८७ मा एल्बम ‘Bad’ निस्कियाे त्यसले पनि अपार सफलता गर्याे तर थ्रिलरले जस्ताे रमिता भने गर्न सकेन । त्यसपछि उनि लामाे समयसम्म कन्सर्ट गर्दै व्यस्त भए । एकैचाेटि सन् १९९१मा एल्बम ‘Dangerous’ बाुहिर अायाे । गीतका रेकर्ड गरिएका भिडियाेहरू संसारभर हिट भैरहेकाे थियाे तर त्यसैबेला उनी विभिन्न आराेपका कारणले ग्रसित थिए ।

    त्यसपछि उनले सन् १९९५ मा ‘HIStory: Past, Present, and Future, Book I’ एल्बम निकाले जसमा “You Are Not Alone” र “They Don’t Care About Us,” अत्याधिक सफलता साथसाथै विवादहरूमा तानिए । त्यसपछि उनकाे पहिलाे एल्बमलाई नयाँ म्युजिकल ढाँचामा लिएर आउने तयारीमा लागे । यतिखेर उनकाे विरूद्दमा भएका विभिन्न विवादहरूले गर्दा म्युजिकल क्यारियर खस्कँदाे अवस्थामा थियाे ।

    सन् २००१ मा ‘Invincible’ बाहिर निकाले तर खासै सफल भएन । त्यसपछि उनि केहि म्युजिकल कन्सर्टहरूमा मात्रै सिमित रहे र पव्लिकमा उपस्थिति नगण्य नै रह्याे । मरणोपरांत पनि उनका भाईहरूले जैक्सनका दुइ एल्बमहरू Michael (सन् २०१०) र Xscape (सन् २०१४) सार्वजनिक गरे ।

    सन् १९९४ अगष्टमा, जैक्सनले उनकि प्रेमिका लिसा मैरी प्रेस्लीसँग विवाह गरे तर उनिहरूकाे सम्बन्ध २ वर्षमा नै टुट्याे । त्यसैसाथ उनले एउटी नर्स डेबी रुवेसँग विवाह गरे तर त्याे पनि तीन वर्षमा नै टुट्याे । डेबी रुवेसँग उनका दुई छाेरा र छाेरी भए । सम्बन्ध विच्छेदपछि संन्तान जैक्सनसँग नै रहे । जैक्सनकाे तेस्राे बच्चा भने कहाँबाट प्राप्त भयाे भन्ने गुप्त नै छ ।

    जैक्सनकाे मृत्युपछि उनका तीन सन्तान हजुरआमाकाे साथमा रहने भए । जैक्सनकाे ईच्छा अनुसार कानुनले त्याे निर्देशित गरेकाे थियाे । यसमा पछि धेरै विवादहरू भए । हजुरआमा पनि धेरै विवादमा तानिन पर्याे तर अन्त्यमा अहिले फेरि हजुरआमाले सबै मुद्दाहरू जितेकि छिन् ।

    माइकल जैक्सनकाे मृत्यु सन् २००९ काे जुन २५मा ५० वर्षकाे उमेरमा लस एन्जलस् काे आफ्नै धरमा रातकाे समयमा हृदयघातकाे कारण भएकाे थियाे अचानक हृदय रोकिएपछि हस्पिटल लगियाे । बिहान उनि मरेकाे खवर संसार भर फैलियाे ।

    जैक्सनले सुत्नकाे लागि पनि औषधिकाे प्रयाेग गर्दथे । जैक्सनकाे मृत्यु तीव्र औषधी सेवनबाट भएकाे विषाक्तताकाे कारण थियो, डाक्टरले नै दिएकाे विभिन्न औषधिहरूकाे एकैसाथ सेवन गर्दा भएकाे रियाक्सनले ओभरडाेजका कारण उनकाे मुटु बन्दहुन पुगेकाे थियाे । जैक्सनलाई औषधी दिने डक्टर मुराएकाे पनि लापरवाही देखिएकाले उनले ४ वर्षकाे जेल सजायँ भाेग्नु परेकाे थियाे ।

    जैक्सनका पिता गितार बजाउँथे र परिवार चलाउँथे भने जैक्सनकि आमा आफ्ना ९ सन्तानकाे हेरचार गरेर घरमा बस्थिन । जैक्सन ५ दाजुभाईहरू मिलेर संगीतक्षेत्रमा आउनुकाे श्रेय उनका पितालाई जान्छ जसले उनीहरूलाई सफल बनाउन हर प्रयास गरेका थिए ।

    जैक्सनका पितालाई आफ्नाे छाेराहरूमा केहि विशेष खुबी छ भन्ने हेक्का भएपछि उनिहरूलाई म्युजिकल ग्रुप बनाउन प्रेरित गरे । माइकल त्यतिखेर जम्मा ५ वर्षका थिए जुनबेला उनलाई मेन भाेकलिष्ट बनाएर अगाडि सारियाे ।

    माइकलका दाजुहरू टिटाे, जेर्मैनी र ज्याकी हुन् भने पछि उनकाे सानाे भाई मार्लाेन पनि ग्रुपमा सहभागी भएपछि उनिहरू जैक्सन ५ नामक ग्रुप बनेकाे थियाे । जैक्सनकाे अद्भुत हाउभाउले कुनैपनि शाेमा आकर्षणकाे केन्द बनेका थिए । कुनैपनि स्टेज शाेमा जानु अगाडि ५ दाजुभाई मिलेर घण्टाैं सम्म अभ्यास गर्दथे ।

    सन् १९६९ मा जैक्सन ५ काे टाेली लस एन्जलस् मा बसेर काम गर्न थाले । त्यहाँ उनिहरूले एउटा एल्बम निकाले जुन अपार सफलता पाउन सफल भयाे । पहिलाे पटक देसव्यापी रूपमा जैक्सन ५ लाई सबैले चिन्न पाए । त्यसपछि उनिहरू देसभर स्टेज शाे हरूमा ब्यस्त भए ।

    सन् १९८३ मा एउटा टेलिभजन शाे मा उनले आफ्नाे चर्चित गीत “Billie Jean” मा “Moon Walk” गरेर सबैलाई चकित बनाए । आज त्याे “Moon Walk” जैक्सनकाे नामले मात्र चिनिन्छ । याे डान्स उनले आफै तयार पारेका थिए । प्राय सबै नृत्य उनकाे आफ्नै डिजाइनमा हुन्थ्याे ।

    सन् १९८४ मा कुनै भिडियाे बनाउने क्रममा उनि बेसरी घाइते हुन पुगेका थिए, अनुहार र नाकमा बेसरी असर परेकाे थियाे । त्यसकारण उनले त्यसबेला पहिलाे पटक प्लास्टिक सर्जरी गर्न पुगेका थिए । त्यस प्लास्टिक सर्जरीले उनलाई नराम्राे असर पछिसम्म पारिरहेकाे हुनाले उनले थप सर्जरी गर्नुपरेकाे थियाे जुन अझसम्म पनि गाेप्य नै छ ।

    माइकल जैक्सन धेरै नबाेल्ने र लजालु स्वभावका थिए । उनि मिडियामा आउन मन पराउँदैनन् थिए । त्यसकारण पनि उनकाे खासै भिडियाे अन्तर्वार्ताहरू छैनन् ।

    सन् १९८७मा उनले २ कराेड डलरमा १२ हेक्टर जमिन किनेर रहस्यमय घरकाे स्थापना गरे जहाँ अचम्मका जनाबरहरू पनि थिए । त्यस स्थानलाई नेभरल्याण्ड भनेर चिनिन्छ । त्यहि नेभरल्याण्डमा एक १४ वर्षिय वालकसंग रात विताएकाे भनेर उनकाे ठूलाे विराेध भयाे अड्डा अदालत पनि जानु पर्याे तर पछि उनि निर्दाेष सावित भए । त्यसपछि पनि उनि साना साना वालकहरूसंग रात विताउने गर्दथे ।

    सन् २००३ मा पनि उनि यस्तै कृयाकलापले गर्दा झण्डझण्डै जेल परे । संसार भर उनकाे व्यापक विराेध भए जसले उनकाे क्यारियरमा ठूलाे धक्का लाग्याे । संसारभरका पत्रकारहरूले उनकाे खेदाे लिए । वाल दुराचारकाे कारणले माईकल जैक्सनलाई ठूलाे धक्का लाग्याे उनकाे आर्थिक अवस्था एकदमै नाजुक भयाे । उनि ऋण नै ऋणमा डुबेका थिए । उनले पछि नेभरल्याण्डपनि बिक्रिकाे लागि राखेका थिए । बाल दुराचारकाे आराेपले लामाे समय लुकेर चुपचाप बसेका जैक्सनलाई ठूलाे आर्थिक समस्या परेकाे थियाे ।

    ऋणबाट बच्न र आर्थिक समस्याबाट मुक्त पाउनकाे लागि उनले स्टेज शाे गर्ने कुरा सार्वजनिक गरे । किङ्ग अफ पपकाे यस कुराले संसारभरका फ्यानहरू खुसी भए । तत्काले लण्डनमा उनकाे कार्यक्रम आयाेजनाकाे घाेषणा भयाे । टिकक खुल्ला गर्नासाथ सबै टिकटहरू बिक्रीपनि भयाे तर बिडम्बना उनि कार्यक्रम हुनुभन्दा केहि दिन अगाडि यस संसारबाट सदाकालागि विदा भए ।

    किङ्ग अफ पपलाई पत्रकारहरूले सधैंभर खेदाे गरिरहे । अदालत पटक पटक निर्दाेष सावित गरिरहँदा पनि उनि सधैं पत्रकारहरूकाे हमलाबाट भने बच्न सकेनन् । अदालतकाे चक्कर काट्दा काट्दा उनले राम्रा गीतहरू मा ध्यान दिनै सकेनन् । उनि मरेर गएपनि उनका गीतहरू संगीतहरू सदासदाका लागि अमर छन् । अझैपनि उनि किङ्ग अफ पप नै हुन् भन्दा केहि फरक नपर्ला ।

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…