राजदरबार प्रभावित भएकै आधारमा जीवनपरान्त बालापनदेखि गीत गाएर आफ्नो यौवन फुलाएको रेडियो नेपालले बहुदलीय प्रणाली भित्रने बित्तिकै तारादेवी टपक्कै टिपेर बाहिर फाल्यो । रेडियो नेपालबाट २०५० सालमा तारादेवीलाई बिनाकसुर जागिरबाट निकालियो ।
तारादेवीको जन्म वि.सं. २००२ साल माघ २ गते अर्थात १५ जनवरी २०४६ मङ्गलबारका दिन बाबु कृष्णबहादुर कार्की तथा आमा राधादेवीका सुपुत्रीका रूपमा काठमाडौंको इन्द्रचोकमा भएको थियो । उहाँको वाल्यकालको नाम भने डोलकुमारी कार्की हो ।
उहाँले ४ हजार भन्दा धेरै नेपाली गीतहरु गाउनु भएको छ । त्यस मध्ये ‘सोचेजस्तो हुन्न जीवन’, ‘उकाली ओरालीहरुमा’ र ‘शुभकामना भरी’ जस्ता गीतहरु आज पनि हरेक दिन रेडियोहरुमा बजेको सुन्न पाइन्छ ।
तारादेवी – डोलकुमारी कार्की
जन्म
२००२ साल माघ २ गते
मृत्यु
२०६२ साल माघ १२ गते
जन्म स्थानः इन्द्रचोक, काठमाण्डौं
पति
शिव बहादुर श्रेष्ठ (मृत्यु २०५५ सालमा)
संतानहरु
चारु
शशि (मृत्यु २०५१ सालमा)
रवि
रेकर्ड गीतहरु
लगभग ४ हजार
पेशा
गायन (रेडियो नेपाल)
उपनाम
नेपाली नाईटिङ्गेल्स
तारादेवीले नेपाली गीतको माध्यमबाट नेपाली सङ्गीतपारखीका लागि भनेर आफ्नो सिङ्गो जीवनदान दिनुभएको छ । तारादेवी नेपाली गीतगायनमा बहुचर्चित नाउँ हो । थुप्रै मीठामीठा गीतहरू गाएर तारादेवीले नेपाली गायन क्षेत्रमा ठूलो योगदाग गर्नुभएको छ ।
वास्तवमा तारादेवीले आफ्ना स्वरहरूबाट नेपाली भाषा मात्र प्रकट गर्नुभएन, नेपाली जनजीवनको चित्रण र नेपाली संस्कृति मात्र प्रदर्शन गरिरहनु भएको थियो । उहाँ मीठो सुर, ताल र भाकाले नेपालीहरुलाई आधुनिक गीतको अत्याधिक मनोरञ्जन गराउनु भएको छ ।
पाँच वर्षको उमेरमा उहाँ पहिलो पटक भैरवबहादुर थापाको औँला समाएर रेडियो नेपाल पुग्नुभएको थियो । त्यसबखत बालगीत गाउने क्रममा तारादेवीको बालस्वरले धेरैलाई चकित र मोहित बनायो । उहाँले एउटा बालगीत गाएको पाँच रुपैँया पाउनुहुन्थ्यो ।
लगातार तारादेवीले बालगीत गाइरहनुभयो । उहाँले रेडियो नेपालको स्वर परिक्षण पास र संगीतमा स्नातक गर्नु भएको हो । उमेर पुगेपछि उहाँलाई रेडियो नेपालले खरदार पदमा नियुक्ती गर्यो । पहिलो महिनाको पारिश्रम स्वरुप उहाँले सय रुपैँया पाउनु हुन्थ्यो ।
केही समयपछि उहाँ रेडियो नेपालको नायब सुब्बा तहको गायिकामा बढुवा पनि हुनुभयो । सुब्बा पदमा रही उहाँले लगातार तीन दशकसम्म रेडियो नेपालको सेवा गर्नुभयो ।
उत्कृष्ट स्वर र योग्यता हुँदाहुँदै पनि तारादेवीलाई तीस वर्षसम्म पनि सुब्बा पदबाट माथी पदोन्नती भएको थिएन । तरपनि उहाँले उत्साह, उमङ्ग र उल्लासले भरिएका गीतहरू गाइरहनु भयो ।
तारादेवीले वि.सं. २०२२ सालमा शिवबहादुर श्रेष्ठसँग प्रेमविवाह गर्नु भएको थियो। उहाँका पति हवाइचालक हुनुहुन्थ्यो। उहाँहरु दुईबाट एउटी छोरी चारु तथा दुईवटा छोरा शशि र रवि जन्मनु भएको हो ।
तारादेवीलाई देसभक्त र प्रेमको गीतले गर्दा “नेपाली नाईटिङ्गेल्स” भनेर पनि चिनिन्छ । तारादेवीको स्वर नेपालको गाउँघर, पाखापर्वत र शहरबजारमा हरेक नेपालीहरु गुनगुनाउने गर्छन् । उहाँका गीतमा मान्छेको मर्म, खुसी र यथार्थ भेटिन्छ । तारादेवीको स्वरमा एउटा अचम्मको जादु थियो । नेपाली सङ्गीतलाई गाउँघर, कुनाकाप्चामा पुर्याउने तारादेवी नेपाली गायनकी चम्किली तारा हुनुहुन्थ्यो ।
उकाली ओरालीहरूमा, भन्ज्याङ्ग अनि चौतारीहरूमा,
सुन्दर ती दहहरूमा, हिमालका विशाल छातीहरूमा,
जहाँजहाँ जान्छौ तिमी, म पहाड बनी पछ्याईरहन्छु !
ती छहरा, खोला, खहरेहरूमा सम्झना बनी बगिरहन्छु!!
गीति एल्बम “उकाली ओरालीहरुमा” तारादेवीको सबैभन्दा चर्चित एल्बम हो । यसमा रहेको गीत ‘उकाली ओरालीहरुमा’ स्व. बडामहारानी ऐश्वर्याले लेख्नुभएको थियो ।
तारादेवीको नेपाली आधुनिक गीतले देशभरमा प्रभाव जमाएको थियो । वास्तवमा सम्पूर्ण नेपाली जातिकी प्रतिनिधि गायिकाका रूपमा तारादेवीले नेपाली गीतलाई हरेकको कानकानमा पुर्याउन सफल हुनुभएको थियो ।
तारादेवीको स्वरले राजा विरेन्द्र पनि प्रभावित हुनुहुन्थ्यो भनेर भनिन्छ । सायद त्यसैले होला राजा वीरेन्द्रको हुकुमप्रमाङ्गीद्वारा उहाँलाई रेडियो नेपालको शाखा अधिकृतस्तरीय गायिका बनाईयो । त्यसको लगत्तै उहाँ उपसचिवस्तरीय गायिकामा समेत नियुक्त हुनुभएको थियो । तर उहाँले त्यो पदको धेरै समयसम्म उपभोग गर्न पाउनु भएन ।
राजदरबार प्रभावित भएकै आधारमा जीवनपरान्त बालापनदेखि गीत गाएर आफ्नो यौवन फुलाएको रेडियो नेपालले बहुदलीय प्रणाली भित्रने बित्तिकै तारादेवी टपक्कै टिपेर बाहिर फाल्यो । रेडियो नेपालबाट २०५० सालमा तारादेवीलाई बिनाकसुर जागिरबाट निकालियो । चाँदनी शाहको गीत गाउनु नै बहुदलीय रोगले छोएको रेडियो नेपालको नजरमा उनको दोष थियो ।
रेडियो नेपालले एउटी उत्कृष्ट, सरल र इमानदार गायिका तारादेवीमाथी जति अन्याय गरेतापनि तारादेवीको योगदानको कदर र्सवत्र जनमानस द्वारा गरिएको छ । राजदरबारले दिएको सम्मान नै उहाँलाई हेर्ने नजरहरु बहुदल आएपछि बदलिएको भनेर विभिन्न विश्लेषकहरुले भनेका छन् ।
उहाँले इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार, सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु प्रथम, महेन्द्ररत्न आभूषण, गद्दी आरोहण रजतपदक, वीरेन्द्र ऐर्श्वर्य सेवापदक, जगदम्बाश्री पुरस्कार, छिन्नलता पुरस्कार, मैना पुरस्कार र नइ सुर सम्मान जस्ता विशिष्ट पदक तथा सम्मानका साथै स्वदेश तथा विदेशबाट अन्य थुप्रै मानसम्मान र अभिनन्दनहरू पाउनु भएको थियो ।
तारादेवीका छोरा शशि २०५१ साल वैशाखमा क्यान्सर रोगका कारण दिवङ्गत हुनुभयो । त्यसको पीडा सेलाउन नपाउँदै पति शिवबहादुर श्रेष्ठको पनि २०५५ सालमा हवाई दुर्घटनामा परेर परलोक हुनुभयो । यसरि लगातार एकपछि अर्को पीडाले तारादेवीको जीवनमा अचानक अंध्यारो छाएको जस्तो देखियो । तारादेवी त्यसपछि क्षतविक्षत अवस्थामा जीवन बिताउने क्रममा लाग्नुभयो । एकपछि अर्का पीडादायक घटनापछि उहाँको स्वर पनि पीडा र वेदनाको संसारमा बिलाउन थाल्यो ।
उहाँले सङ्गीत क्षेत्रमा दिनुभएको योगदानमा हरियाली ल्याउन नइ प्रकाशनले पहल गर्यो ।
नइ प्रकाशनको अग्रसरतामा २८ जना ख्यातिप्राप्त गीतकारहरूद्वारा तारादेवीमा ‘नेपाली गायनकी शिखर व्यक्तित्व’को सम्मानसहित सामूहिक अभिनन्दन गरिएको थियो ।
नइ प्रकाशन द्वारा सम्पादित ‘उकाली ओरालीहरूमा तारादेवी’ नामक तारादेवी विषयक संस्मरणात्मक ग्रन्थ पनि तारादेवी द्वारा नै र्सार्वजनिक गरिएको थियो ।
उहाँले २०५६ साल फागुन १३ गते एउटा सांस्कृतिक मञ्चमा उभिएर गीत गाउँनुभयो ।
आफ्ना भन्ने कति रै’छन् बाँच्दै जाँदा थाहा भयो
बाधाहरू थुप्रै रै’छन् हिँड्दै जाँदा थाहा भयो
जिन्दगीको केही भरोसा हुँदैन जति सफलताको खुड्किलो पार गरेपनि एकपछि अर्को आएको धेरै पारिवारिक पीडाले तारादेवीलाई गलाइसकेको थियो । २५ वर्षको छोरो रगतको क्यान्सरले मृत्यु भएको ४ वर्षमा नै पतिको दुर्घटनाले देहान्त भएपछि उहाँ धेरै कमजोर हुनुभएको हो । धेरै चिन्ताले उहाँको स्वास्थ्य खस्कँदै गयो । त्यतिखेर उहाँलाइ पार्किन्सन भन्ने रोगले ग्रस्त बनाइसकेको थियो ।
६० वर्षको उमेरमा सन् २००६ को जनवरी २१ अर्थात २०६२ साल माघ १२ गते उहाँको स्वर्गारोहण भयो । त्यस दिन नेपाल टेलिभिजनले उहाँको दाहसंस्कारको प्रत्यक्ष प्रसारण गरेको थियो । उहाँको अन्तिम गीति एल्बम “आफन्तको मनमा” जसमा ४ वटा गीतहरु छन् ।
पाकिस्तानी गायक Abida Parveen ले समेत तारादेवीको सम्मान गर्दै काठमाण्डौंमा एउटा कार्यक्रममा ‘उकाली ओरालीहरुमा’ पुरै गीत गाएका थिए । आजकल धेरै जस्तो संगीत क्षेत्रमा तारादेवीको नक्कल गर्दै थुप्रै नयां कलाकारहरु जन्मिएकाछन् ।
तारादेवीका अन्य चर्चित गीतहरु
उकाली ओरालीहरूमा
शुभकामना भरी
आऊ न आऊ तिम्रै खुशी
हिमालको काखमा छ सानो मेरो गाउँ
साँघुरी बारी नि हो त्यो धारा पानी
कालीपारी दाई कति राम्रो
सोचेजस्तो हुन्न जीवन
फूलको थ्ँगा बगेर गयो
विदा हुने भैगयो बेला
एकान्तमा एक्लै
तिमिले दिएका
तिमिलाई हाँसेर विदा
आखाँहरुले रुन
घुमाई घुमाई
मेरो जीवन किताब को
मैले गाएको गीतमा
तिम्रा पाउहरुमा
म दीप हुन
काली दम्पती
दिलमा हजुर आएर
न्याउली बस्यो त्यो
तिमी मेरो
मोहनी लाग्ला है
फूलै फूलको मौसम
जताततै खोजें
रिम्झिम रिमझिम
पार्वती हो नाम
आमा भएर
आफन्तको मन