• कर्णाली र सुदूरपश्चिमका स्थानीय जनप्रतिनिधि छाउगोठ भत्काउन प्रहरीसँगै गाउँगाउँ हिँडेका छन्।

    तर समाजका यिनै अगुवा महिला आफैँ भने छाउगोठमा बस्न बाध्य छन्। आजको नयाँ पत्रिका दैनिकमा शान्ति तामाङ, तेजराज भट्ट, गगन अयडी र धु्रब बिसीले अछामबाट स्थलगत रिपोर्ट लेखेका छन्।

    अछामको बान्नीगढी जगगढ गाउँपालिकाले २५ पुसमा गाउँपालिकाभरीका छाउगोठ भत्काउने निर्णय गरेको थियो। तर, कार्यपालिकाकै सदस्य यशोदा बोहरा भने अहिले छाउगोठमा छिन्।

    वडा नम्बर ६ बाट सुरु भएको अभियान अन्तर्गत करिब दुई दर्जन छाउगोठ भत्काइसकिएको छ।

    गाउँपालिकाको मुकाम जयगढ बजारबाट करिब एक किमी पर लिमल्सिैन गाउँमा रहेको उनको घरनजिकै छाउगोठ छ।

    टोलका ६ महिला महिनावारी हुँदा त्यही छाउगोठमा बस्छन्। यशोदा त्यही गोठमा भेटिइन्।

    गाउँघरमा चेतना फैलाउँदै हिँड्ने अगुवा महिला नै महिनावारी हुँदा आँगनमा समेत खुट्टा राख्न पाउँदैनन्।

    स्थानीय स्वास्थ्य चौकीकी इन्चार्ज चन्द्रकला जैशी भन्छिन्, ‘हाम्रो वडामा १० जना महिला स्वास्थ्य स्वयंसेविका छन्, तीमध्ये नौजना छाउगोठमा बस्छन्।’

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…