• जाजरकोट, । यहाँको भेरी नगरपालिका–२ स्थित त्रिभुवन आधारभूत विद्यालय रिसाङका विद्यार्थी दैनिक बेहोस हुँदा पढाइ प्रभावित भएको छ ।  विद्यालयमा पठनपाठन भइरहेका बेला दैनिक छदेखि १० जनासम्म विद्यार्थी बेहोस हुँदा समस्या भएको प्रधानाध्यापक कर्णबहादुर शाहीले बताए। प्रअ शाहीका अनुसार भूत आयो भनेर कराउँदै छात्रा अचेत हुने गरेका छन्  ।

    एक हप्तादेखि दैनिक बिरामी हुँदा कक्षामा पढ्दापढ्दै एक्कासि भूत आयो भनेर चिच्याउने र अचेत हुने गरेको शाहीले बताए। अर्धचेत भएकाको बहुलाउने, चिथोर्ने, कराउने, हातखुट्टा लुलो हुनेलगायत लक्षण देखा परेको उनको भनाइ छ । बेहोसलाई एकान्तमा राखेको एकदेखि दुई घण्टापछि सामान्य अवस्थामा आउने शाहीले बताए।

    घरमा केही नहुने तर विद्यालय पुग्नासाथ बेहोस हुने गरेको पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिर्खबहादुर कार्कीले बताए।

    भूतप्रेतकै कारण विद्यालयमा बालबालिका एक्कासि बेहोस पर्ने गरेको उनको भनाइ छ । विद्यालयमा भूतप्रेतको पूजा गर्नुपर्ने अवस्था आएको उनले बताए।

    पूजा नगरे बालबालिकाको ज्यान जाने खतरा बढेको उनले बताए। दैनिक विद्यार्थी बेहोस हुने समस्या बढ्दै गएपछि जिल्ला अस्पतालबाट स्वास्थ्यकर्मी बोलाएर परीक्षणसमेत गराएको प्रअ शाहीले बताए।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…