• उर्लाबारी, ३० पुस / न्यू भिजन एकाडेमी स्कूलमा कार्यरत कर्मचारीलाई बलात्कारको प्रयास गर्ने प्रिन्सीपल अजित भट्टराईलाई उन्मुक्ति दिइएको छ ।

    उर्लाबारी–८ स्थित उक्त बिद्यालयको हाताभित्रै कर्मचारीलाई बलात्कारको प्रयास गर्ने प्रिन्सीपल भट्टराईलाई कार्वाहीको प्रक्रिया ल्याउनुको साटो विद्यालय हाताभित्रै मिलापत्र गरी उन्मुक्ति दिएको हो ।

    शुक्रबार विहान बिद्यालयमा काम छ भन्दै ती कर्मचारीलाई प्रिन्सीपल भट्टराईले विद्यालय बोलाएका थिए । काम छ भनेपछि बिद्यालय पुगेकी ती कर्मचारीलाई गलत नियत राख्दै बलात्कारको प्रयास गर्ने प्रिन्सीपल भट्टराईलाई उन्मुक्ति महिला सञ्जाल उर्लाबारीका जिम्मेवार ब्यक्तिहरु सक्रियपूर्वक लागेको स्थानीय बताउँछन् ।

    एकाडेमीका निर्देशक सूर्य श्रेष्ठले पनि घटनालाई मिलापत्र गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । विद्यालय परिसरमा भएको छलफलमा सुरुदेखि मिलापत्र गराउने बिषयमा निर्देशक श्रेष्ठले जोड दिएको एक सहभागीले बताएका छन् । ती सहभागीले भने ती कर्मचारीलाई कानूनी प्रक्रियामा जाँदा धेरै दुःख पाउने भन्दै प्रहरीमा उजुरी दिनबाट रोकिएको थियो ।

    पीडित पक्षका आफन्तहरुले सुरुदेखि नै कानूनी प्रक्रियामा जाने बताएपनि अन्त्यमा महिला सञ्जालकी नेतृ, सामाजिक अगुवाहरु तथा बिद्यालयका निर्देशक श्रेष्ठले कानूनी प्रक्रियामा जानबाट रोक्न सफल बनेका थिए । पीडितलाई न्याय दिनको साटो उनीहरु पीडकलाई चाँही सकेसम्म उन्मुक्ति दिलाउन निरन्तर लविङ गरेका थिए । प्रिन्सीपल भट्टराईले ती कर्मचारीलाई खुट्टा ढोगेर माफी मागेका थिए भने उर्लाबारी क्षेत्रभरी आजिवन अध्यापन गराउन नपाउने सर्तमा अमूर्त मिलापत्र गरिएको बुझिएको छ ।

    प्रिन्सीपल भट्टराईले माफी माग्ने क्रममा ती कर्मचारीले आक्रोशित हुँदै एक झापड लगाएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनाका बिषयमा निर्देशक श्रेष्ठसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । यता यस बिषयमा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बलात्कारको प्रयास गरेको घटना कुनै पनि हालतमा मिल्न नहुने बताएका छन् ।

    पीडितले उजुरी दिएको खण्डमा तत्काल आरोपितलाई पक्राउ गरी कानूनी कार्वाही प्रक्रिया अघि बढाउने निरीक्षक थापाको भनाई छ । यता, यस घटनाको बिषयमा अन्तर पार्टी महिला सञ्जाल, उर्लाबारीलगायत महिला अधिकारबादी संस्थाहरुले मौन छन् । यता स्थानीयबासीहरुले भने ती कर्मचारीलाई दबाबमा पारेर कानूनी प्रक्रियामा जानबाट रोकी पीडकलाई उन्मुक्ति दिन सामाजिक अगुवा भनाउँदाहरु नै लाग्नु लाजमर्दो बिषय भएको बताएका छन् ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…