• विराटनगर, १ माघ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले माघे सङ्क्रान्ति तथा माघीपर्व–२०७६ र यले संवत् ५०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

    उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश हो । जातीय तथा धार्मिक सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मकर सङ्क्रान्ति, माघीपर्व तथा यले संवत्लाई विभिन्न समुदायले आफ्नो मुख्य पर्व र वर्षको रुपमा हर्षाेल्लासपूर्वक धुमधामले मनाउने गरिएको छ ।”

    मुख्यमन्त्री राईले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्व छन् र यी पर्वले नयाँ उमङ्ग र उत्साहसाथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

    “तरुललगायतका कन्दमुल, घ्यूचाकु तिलको लड्डु र खिचडीलगायतका परिकार खाई मनोरञ्जनपूर्वक खुशी साटासाट गरी मनाइने यस चाडले हामी नेपालीबीच बन्धुत्व एकता र सद्भाव कायम राख्न मद्दत पु¥याएको छ”, सन्देशमा उहाँले भन्नुभएको छ, “मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संवद्र्धन गर्नु हामी सबैको दायित्व हो । ”

    मुख्यमन्त्री राईले यस्ता चाडले नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणमा प्रेरणा मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…