• संंखुवासभा, ३०पुस /संखुवासभाको मकालु गाउँपालिकास्थित पाथीभराको समाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्षसहित ६ जनाको मृत्यु भएको छ ।

    खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरको जीप मकालु गाउँपालिका–३, सामाटारमा सडकबाट ९ सय मिटर तल बरूण नदी किनारमा खसेको थियो । जिप दुर्घटनामा परी मृत्यु हुनेमा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, जिल्ला समन्वय समिति संखुवासभाका कार्यक्रम अधिकृत सुवास कुईंकेल, स्थानीय एमाले नेता सुरेश राई, भुकम्प प्राधिकरणका कर्मचारीहरू इन्जिनियर सुदिप ढकाल र समाजशास्त्री अर्जुन बस्नेत र चालकसमेत छन् ।

    स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

    दुर्घटनामा परेका सबैको शव क्षत–विक्षत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । संखुवासभा जिल्लाको भोटखोला गाविसस्थित गोलामा माघ १ गते भुकम्पसम्बन्धि एकदिने अनुशिक्षण कार्यक्रमका लागि त्यसतर्फ जाने क्रममा उक्त टोली दुर्घटनामा परेको बताइएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…