बाहुण्डाँगी । दाङ लेडी जेसीजको २०२० को पहिलो कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्यउ शिविर सम्पन्न भएको छ । गत पुस २६ गते शनिवारबाट २०२० को जिम्मेवारी पाएको नयाँ टिमले बाह््रकुनेदह धार्मिक स्थलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । शिविरमा ३ सय बढीले स्वास्थ्य प्रशि?ण गराएका थिए ।
विन्दुरोका देवकाटा मेडिकल नर्सिङ संघ र दिपज्योति मेडिकल हलको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा लक्ष्मी ढकाल, महेश रोका र स्वास्थ्यकर्मी पार्वती धितालले विरामीहरुको स्वास्थ्य परिश्रण गरेका थिए । शिविरका लागि बालाजी डिस्ट्रिव्युस र नविना फर्माले निःशुल्क औषधी वितरण गरेका थिए ।
शिविरमा शाखाकी संस्थापक अध्यक्ष निर्मला गौतमसहित पूर्व अध्यक्षहरुको सहभागिता रहेको थियो । शिविरमा वसन्ता भण्डारीले संयोजन गरेकी थिइन् । शाखाकी अध्यक्ष जिवा भुषालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव संगिता गिरीले गरेकी थिइन् ।