गिरीराज भट्टराई बिगत डेढ दशक देखी सञ्चारक्षेत्रमा क्रियाशिल सञ्चारकर्मीको नाम हो । दमकस्थित सप्तरंगी एफएम प्रमुख तथा कुशल कार्यक्रम सन्चालक रहेका भट्टराई नेपाल प्रेस युनियनका झापा सचिब पनि हुन् । भट्टराईले रेडियोमात्र होईन,रेडियो बाहिर पनि ठुला सभा समारोह कार्यक्रमहरुमा पनि कार्यक्रम सन्चालन गरेर अनुभव संगालिसेका छन् । उनी रेडियो तालिमका प्रशिक्षक पनि हुन् । मोफसलमा रहेर सञ्चार क्षेत्रमा रहेर निकै संघर्षबाट स्थापित भएका गिरीराज बारे हाम्ले जान्ने प्रयास गरेका छौ ।
तपाई कहाँ जन्मीनुुभयो ?
मेरो जन्म तेह्रथुम जिल्लाको तत्कालीन श्रीजुङ गाउँ पञ्चायत हाल मेन्छेयाम गाउँपालीकामा २०३८ सालमा भएको हो ।
कस्तो परिवारमा ?
मेरो परिवार समान्य परिवार हो । पहाडमा हुँदा बर्षदिन सम्म खान पुग्ने धान नै फल्दैन थियो । हुन त म धेरै समय पहाड बसिन म ७ बर्षको छंदा हामि त्यहाँ बाट बसाईं सरेर झापाको बालुबाडीमा आएका हौं । पहाडमा रहँदा बर्ष दिन सम्म खानै नपुग्ने पए पछि हाम्रो परिवार तराई झरेको हो । पुख्र्यौली पेशा कृषि नै थियो । सामान्य मध्यम बर्गिय परिवारमा मेरो जन्म भएको हो ।
बाल्यकाल कसरी बित्यो ?
बाल्यकालको केहि समय पहाडमा बित्यो । हुन त मेरो बुबा म २ बर्षको छंदै सबै परिवारलाई लिएर झापा झर्नु भएको हो । तर म भने तराई आएर पनि पुनः हजुरबुबा संग पहाड नै गए । मेरो पढाईको सुरुवात पहाडमै भएको हो । मेरो हजुरबुबा त्यहिँको श्रीजुङ स्कुलमा पढाउनु हुन्थ्यो । अहिले त उक्त स्कुलमा १२ कक्षा सम्म पढाई हुँदो रहेछ । त्यतिखेर कक्षा ७ सम्म मात्रै पढाई हुन्थ्यो । त्यहि स्कुलमा मैले अक्षर चिन्ने मौका पाएँ । म सनो हुँदानै हजुरबुबा संग बस्तु चराउन जंगल जान्थे । हजुरबुबाले मलाई जंगलमै पढ्न सिकाउनु हुन्थ्यो । पछि २०४५ सालमा हजुरबुबा लगायत सबै तराई झरे पछि मेरो बाल्यकाल झापाको बालुबाडीमै बितेको हो । सामान्य बालकहरुको जस्तै मेरो पनि गाउँमा बाल्यकाल बितेको हो । साथिहरुसंग बस्तु चराउन जानु पर्ने । ९ बर्षको उमेर देखी बुबालाई खेत जोत्ने लगायतका काममा सघाउने । यस्तै हो । तर घरमा जति काम भए पनि हाम्रा बुबा आमाले आप्mना सन्तानलाई स्कुन जान भने रोक्नु भएन । बरु आपैंm काममा खटिनु भयो तर मेरा दुई जना दिदीहरु र मेरो भाई सहीत हामी चार जना सन्तानलाई स्कुल पठाउनु भयो । घर बाट आधा घण्टाको हिँडाई बाट स्कुल पुगिन्थ्यो । स्कुल जाने बाटो थिएन । खेतको आलि बाट हिँड्नु पर्ने । बर्खाको समयमा भने धेरै समस्या हुन्थ्यो । बर्खामा खेतको आलिमा हिँड्दा कृषकहरुले भर्खरै लगाएको हिलो आली सबै भत्किन्थ्यो । त्यहि भएर कतिपय ठाउँमा मुनीबड काँडा ओछ्याएर आलि लगाउँथे । त्यतिखेर खुट्टामा चप्पल लगाउन पनि पाईंदैन थियो । खालि खुट्टाले हिलो आली टेक्दा भित्र रहेको काँडाले घोच्थ्यो ।
पछि ६ कक्षामा पुगे पछि हाम्रो पढाई बिहान हुन्थ्यो । बिहान ६ बजेनैस्कुल पुग्नु पर्ने । साढे १० बजे स्कुल छुट्टि भएपछि आएर खाना खाई बस्तु चराउन जानु पर्ने । पहाड बाट तराई झरेपछि भने बर्षदिन भरी खानै भने समस्या भोग्नु परेन । बुबाले अर्काको खेत कमाई गरेर पनि कहिल्यै हामीलाई भोको र नाङगो राख्नु भएन । यस्तै समान्य रुपमा बितेको हो मेरो बाल्यकाल ।
सञ्चार माध्यममा कसरी आउनुभयो ?
म पहिल्यै देखी गित संगितमा रुचि भएको । रेडियो असाध्ये धेरै सुन्थें । तत्कालीन समयमा रेडियो नेपाल मात्रै थियो । पछि कहिले काहिँ काठमाण्डौ जाँदा एफ.एम. सुन्न पाईन्थ्यो । पछि झापामै बिर्तामोडमा कञ्चनजंघा एफ.एम.को सुरुवात भयो । त्यस बाट स्रोता क्लब गठन भए हामिले पनि बालुबाडीमा एउटा स्रोता क्लब गठन ग¥यौं । म त्यसको सचिव भएं त्यहि बाट सञ्चारमाध्यममा मेरो प्रवेसको सुरुवात भयो । गाउँ ठाउँमा भएका घटनाहरु समाचारको रुपमा कञ्चनजंघा एफ.एम.मा पठाउँथें । गाउँमा बिभिन्न सांगितिक कार्यक्रम सञ्चालन गर्थें पछि झापाको दमकमा सप्तरङ्गी एफ.एम. खुल्ने भयो काम गर्न चाहनेको लागि तालिम खुलेको छ भन्ने सुचना पत्रिकामा देखीयो । गाउँका साथिहरुले कार्यक्रम सञ्चालन गरेको देखेका थिए । राम्रै हुँदो रहेका सायद । तिमिले पनि रेडियोमा कार्याक्रम सञ्चालन गर्न सक्छौ जाउ भन्न थाले । म त्यतिखेर गाउँमै जिल्ला बिकाश समितिको सामाजिक परिचालक र एउटा एन्जीओमा काम गर्थें कमाई रामै्र थियो । तर पनि तालिम लिन आएँ ३ सय जना जति थियौं तालिम लिने त्यतिखेर रेडियोको क्रेज एकदमै धेरै थियो । तालिम पछि रेडियोमा पुर्णकालिन कर्मचारी राख्ने भन्दै ११ जनाको नाम निश्कियो त्यसमा मेरो पनि नाम रहेछ । त्यहिँ बाट सञ्चारमाध्यममा पुर्ण रुपमा प्रवेस गरियो ।
हाल सम्म कुन कुन मिडीयामा काम गर्नुभयो ?
हाल सम्म मैले कञ्चनजंघा एफ.एम.मा श्रोता क्लबको सचिवको रुपमा काम गरे तर सञ्चारमाध्यममा कर्मचारीको रुपमा भने म सप्तरङ्गी एफ.एम.मा मात्रै हो काम गरेको ।
पहिलो चोटी रेडियोमा बोल्दाको क्षण ?
पहिले चोटी रेडियोमा बोलेको भनेको कर्मचारीको रुपमा नभएर अन्तर्वार्ता दिनको लागि हो । कञ्चनजंघा एफ.एम.मा श्रोता क्लबको गतिबिधि र गाउँको अवस्थाको बिषयमा कुराकानी गर्न पाईन्थ्यो । त्यस क्रममा मैले दुई पटक रेडियोमा बोल्ने अवसर पाएको थिएं । पछि सप्तरङ्गी एफ.एम.मा आएपछि कार्यक्रम सञ्चालकको रुपमा बोलेको हुँ । पहिलो पटक बोल्दा एकदमै खुशी, अनौठो क्षण बनेको थियो । रेडियोमा पहिलो कार्यक्रम सञ्चालन गरेर तर रिसेप्सनमा आउँदा श्रोताहरु आउनु भएको रहेछ गुलाबको फुल बोकेर, एकदमै सरप्राईज जस्तो भयो, खुशी लाग्यो । बिज्ञापनमा आफ्नो आवाज सुन्दा अचम्म लग्यो । मेरो आवाज यस्तो पो रैछ भने जस्तो भयो ।
सञ्चारकर्मी बाहेक अरु केही बन्ने सपना थियो की ?
मेरो यो नै बन्छु भन्ने केहि त्यस्तो सपना त थिएन । तर पनि रेडियो धेरै सुन्ने र रेडियो संगै गित गाउने गर्थें । खेतमा जोत्न जाँदा पनि आलिको डिलमा रेडियो ठुलो आवाजमा राखेर जोतिरहन्थें, गित गुन्गुनाउँथें त्यतिवेला चाहीँ गायक बन्छु भन्ने लाग्थ्यो । तर अहिलेको बच्चाको जस्तो पछि यस्तो बन्ने त्यसको लागि अहिले यो पढ्ने भन्ने च्वाईस नै हुँदैन थियो । कुनै ठुलो सपना थिएन । जिवनले डो¥याउँदै यहाँ ल्याई पु¥याएको हो ।
कसैले ल्याएको हो या आफै आउनुुभयो ?
म यो क्षेत्रमा आँपैंm आएको हुँ । बिषेश गरी पत्रिकामा बिज्ञापन देखेपछि साथिहरुले भने धेरै कर गर्नु भएको हो । म भित्रको आत्मविश्वासलाई बढाउन साथिहरुको प्रेरणा हो । अरुत म आपैंm यो क्षेत्रमा आएको हुँ ।
सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?
अब यसलाई संघर्ष भन्ने वा मिहिनेत भन्ने । रेडियोमा काम गर्दा सुरुवातका दिनमा तलब पनि धेरै हुँदैन थियो । महिना भरिको कमाई खाना खाएको होटल र कोठा भाडा तिर्न पनि गाह्रो हुन्थ्यो । सुरुमा रेकर्डिङ स्टुडियो एउटा मात्रै हुँदा दिनभर कार्यक्रम सकेर राती १० बजेपछि रेडियो बन्द भए पछि बिज्ञापन रेकर्ड गर्नु पथ्र्यो । राति १–२ बज्थ्यो काम सक्दा । अनि स्टुडियोमै झ्यालको पर्दा ओडेर धेरै सुतिएको छ । मोबायल फोनको सुबिधा थिएन । कार्यक्रमको बिषय खोज्न गाउँ गाउँ पुग्नु पथ्र्यो । अब यसलाई संघर्ष भन्दा पनि मिहिनेत भनौं क्यारे । रेडियोमा बिदा हुँदैन हप्तामा सातै दिन दैनिक १७ घण्टा सम्म काम गर्नु पर्छ । ११ बर्ष देखी यो क्रम निरन्तर जारी छ ।
सञ्चार क्षेत्रमा लागेर तपाईले गर्नुभएको राम्रो काम ?
मेरो राम्रो काम यो भनेर आपैंm भन्नु चाहिँ अलि गाह्रो हुन्छ । त्यो समाजले मुल्यांकन गर्ने कुरा हो । आफ्नो जिम्मेवारी रमै्र संग निभाएको छु भन्ने लाग्छ । तर पनि मैले उत्पादन र प्रशारण गरेका कतिपय रेडियो कार्यक्रमहरुले कतिपय व्यक्तिहरुको जिवन परिवर्तन भएको देख्दा भने खुशी लाग्छ । समाजले पछि पारेको समुदायको आवाजलाई रेडियो मार्पmत ल्याएको छु । रेडियोमा ६ बर्ष सम्म निरन्तर “आउ मिलाउँ हातहरु” नामक कार्यक्रम सञ्चालन गरें । जसमा एचआईभी एड्स संग सम्बन्धि जानकारी साथै संक्रमीत हरु संग कुराकानी, तेस्रो लिङ्गीहरु संग कुराकानी, उहाँहरुको समस्या, लागुऔषध दुव्र्यसनमा लागेकाहरुको समस्या तथा छुटकारा पाउने उपाय लगायतका बिषयहरु उठाएको छु ।
अनि नराम्रो लागेको ?
मैले गरेको काम प्रति मलाई अहिले सम्म नराम्रो अथवा पछुतो मान्नु परेको छैन । कतिपय समयमा भनै अभैm भने जति गर्न सकिएन भन्ने चाहीँ लागि रहन्छ ।
आफ्नै नजरमा गिरीराज के हो र कोहो ?
मेरो आफ्नै नजरमा त म एक सामान्य व्यक्ति हुँ । अरुको दुखमा रुने, सकारात्मक सोच भएको, कसैलाई नराम्रो गरौं भन्ने सोच नभएको, सकेको सहयोग गरौं भन्ने भावना भएको सामान्य व्यक्ति हुँ । रमाईलो गरिरहने, हाँसिरहने, एक्लै बस्न नसक्ने यस्तै यस्तै ।
मान्छेहरुले तपाईलाई कसरी चिनोस् जस्तो लाग्छ ?
म चाहेर अरुलाई नराम्रो गर्न चाहन्न । साँच्चै मनै बाट भन्नु पर्दा मैले कतिपय समयमा गरेका कामले कसैलाइ अप्mठ्यारो भएको छ भने त्यो मैले चाहेर भएको हैन । म कसैलाई बिझाउन वा नराम्रो गर्न चाहँदीन मन सकारात्मक छ । तर कहिले परिवेस त्यस्तै बन्छ की मैले गरेको कामले कसैलाई अफ्ठ्यारो पर्न सक्छ । मलाई सकारात्मक रुपमै चिनिदिनु होला ।
आफ्ना सवल पक्ष के के ठान्नुहुन्छ ?
म अत्यन्तै सकारात्मक सोच भएको मान्छे । मनमा कुनै शंका नभएको, कुनै काममा लागें भने पुर्ण समर्पित भएर लाग्छु । आफ्ना लागि उपलब्धि सानै हुन्छ भने पनि काममा कुनै कन्जुस्याईं गर्दिन । यहिनै हो जस्तो लाग्छ ।
अनि कमजोर पक्ष चहि नी ?
म अत्यन्तै चाँडै विश्वास गर्छु मेरो ठुलो कमजोरी यहिनै हो जस्तो लाग्छ । अनि कहिले काँही आफ्नो कुरा कसैलाई भन्दा उसलाई समस्या पो हुन्छ की भन्ने लागेर खुलेर भन्न सक्दीन । बरु आँपैm आफ्नो समस्या समाधान गर्न पट्टि लाग्छु त्यसले गर्दा कतिपय समयमा आँपैmं सस्यामा पर्ने गरिएको छ ।
कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
उसको बोली व्यवहार, उसका गतिबिधिहरुनै हुन् । कुनै एउटा घटना बाट मात्रै कसै प्रतिको धारणा बनाउनु गलत हुन्छ । उसका समग्र गतिबिधिलाई अध्ययन गर्नु पर्छ । अनि मात्रै कसै प्रतिको धारणा बनाउन सकिन्छ ।
तपाईको आफ्नो स्वाभाव निर्माणमा कुन कुन पक्ष हाबी छन् ?
सकारात्मक सोच हावि छ जस्तो लाग्छ ।
तपाईलाई कति खेर रिस उठ्छ ?
मलाई रिस उठेको अहिले सम्म थाहा छैन । म रिसाउँदीन ।
अनि कतिखेर भावुक हुनहुन्छ ?
म अत्यन्तै भावुक मान्छे । कसैको दुखको क्षण देखियो भने भावुक भैहाल्छु । अरुको समस्यामा भावुक हुन्छु । चलचित्र हेरेर त धेरै पटक रोएको छु । मेरो बाल्यकार बितेको ठाउँ जन्म ठाउँ संभंmदा भावुक बन्छु । बाल्यकालका साथिहरु संभंmदा भावुक बन्छु ।
तपाईलाई कस्तो स्थीतिले उत्तेजित तुल्याउँछ ?
म खासै उत्तेजित हुँदीन । चर्को कुरा गर्न र उत्तेजनामा आउन मलाई मन पर्दैन र अहिले सम्म कसै संग चर्को गरी बोलेको पनि छैन ।
तपाई कतिको संयमित हुनुहुन्छ ?
म संयमितनै छु जस्तो लाग्छ । कुनै कुराको तत्कालै प्रतिक्रिया दिन मन लाग्दैन ।
अनि कतिखेर खुुसी हुनुहुन्छ ?
म हर क्षण खुशीनै हुन्छु । खुशी त जतिखेर पनि हुन सकिन्छ नी ।
तपाईका दुःखहरु के हुन् ?
खै केलाई दुख भन्ने । मलाई जिवनको दुखनै यही हो भन्ने अहिले सम्म कुनै विषय लागेको छैन ।
अनि तपाईको सुख चाहि नी ?
सुख त अनुभुती गर्ने हो । सुखको परिभाषा कसरी गर्ने ? दिन भरी अफिसमा हुँदा कर्मचारी टिम संग काम गर्दा पनि सुखनै हुन्छ । साँझ परिवार संग संगै बसेर खाना खाँदा पनि सुखकै अनुभुती हुन्छ । त्यसलाई त महसुस गर्ने हो । आफ्नो काममा ईन्जोय ग¥यो , जिवनमा ईन्जोय ग¥यो भने हरेक क्षण सुखानुभुती हुन्छ ।
तपाईको जीवनको सबैभन्दा दुखत क्षण ?
जिवनकै दुखको क्षण त अहिले सम्म महसुस गरेको छैन । काम नगरी कसैलाई पुग्दैन । गरेको कामलाई कसरी दुख भन्नु ?
अनि खुसीको क्षण चाहिँ नी ?
मैले अगि नै भने निँ म रहेक क्षण खुशीनै हुन्छु । घर परिवार संग संगै बसेर रमाउन पाउँदा खुशी हुन्छु ।
तपाईको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?
त्यस्तो अप्ठ्यारो मोड नै त कुनै छैन । कुनै प्लान बनाएर जिनव जिएको हैन । आफ्नो कर्म गर्दै जाँदा अगडी जे आउँछ त्यहीलाई सामना गर्दै आईयो । त्यसैले त्यस्तो अप्ठ्यारो मोडनै छैन । न कुनै प्राप्त गर्ने आकांक्षा थियो न कुनै महत्वकांक्षा छ । कुनै ठुलै महत्वाकांक्षा राखेर हिँड्ने हो भने त्यो प्राप्त नहुँदा अप्ठ्यारो मोड आयो भन्ने लाग्ला तर जहाँ पुगिन्छ जे प्राप्त हुन्छ त्यसैमा रमाउँदा खासै अप्ठ्यारो मोड आयो भन्ने नै नहुँदो रहेछ ।
अहिलेसम्म तपाईले गर्नुभएको सबैभन्दा सही निर्णय ?
मैले बालुबाडीमा हुँदा राम्रै कमाई थियो । २ ठाउँ जागिर खान्थें आज भन्दा १२ बर्ष अघि मोटर साईकल चढेर हिँड्नु ठुलै उपलब्धि हुन्थ्यो म त्यतिखेर आफ्नै मोटरसाईकल चढेर हिँड्थें तर यहाँ दमक आउँदा मैले ति सबै छाडेर भएको मोटरसाईकल पनि बेचेर आएको हुँ । कमाईको हिसाबमा त्यतिखेर रेडियोमा कमाई थिएन । तर पनि मैले त्यतिखेर सहिनै निर्णय गरेंछु भन्ने लाग्छ ।
अनि गलत चहि नी ?
मैले अहिले सम्म कुनै पनि ठुलो गलत निर्णय गरेको छैन जसले आज सम्म पिर मानेर बस्नु परोस ।
सबैभन्दा पछुुतो लागेको क्षण ?
जिबनको कुनै काम प्रति पनि अहिले सम्म पछुतो मान्नु परेको छैन ।
अहिलेसम्म सबैभन्दा बढी रुनुु भएको क्षण ?
त्यस्तो धेरै रोएको त हैन तर आँशु भने चाँडै झर्ने गर्छ । चलचित्र हेर्दा धेरै रुने गर्छु । टिभि हेर्दै गर्दा पनि अलि ईमोसनल दृष्य आयो भने आँशु झरिहाल्छ ।
अन्तिम पटक कहिले रुनुु भयो किन ?
खासै कारण त छैन तर सायद चलचित्र हेर्दा रोएं ।
तपाईलाई कस्तो मान्छे म पर्छ ?
सबै संग घुलमिल हुन सक्ने । गम्भिर भन्दा पनि रमाईलो खालको मानिस मलाई मन पर्छ ।
अनि कस्तो मन पर्दैन ?
पुरै मन नपर्ने मान्छे भन्ने त्यस्तो कोही मान्छेनै हुँदैन सबैको आफ्नो आफ्नो बानी हो । कसैको केहि कमजोरी भए पनि कुनै पक्ष राम्रो हुन्छ । सबैको कुनै न कुनै कमजोरी हुन्छ । त्यो मेरो पनि होला, सर्बगुण सम्पन्न भन्ने कोही हुँदैन । त्यसैले यस्तो मान्छे मन पर्दैन भन्ने छैन ।
तपाई कस्ता मान्छेलाई घृणा गर्नुहुन्छ ?
म कसैलाई पनि घृणा गर्दिन सबैको आ–आफ्नो बानी हुन्छ । मेरो जस्तो बानी भएन भन्दैमा घृणानै गर्नु पर्छ भन्ने हैन । मेरो बानी व्यहोरा पनि सबैलाई मन पर्छ भन्ने छैन । त्यसैले मान्छेलाई घृणा गर्ने भन्दा पनि कसैका कुनै व्यवहार भने नराम्रा हुन्छन् तर मान्छे नै घृणित चाहीँ हुँदैन ।
फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
खासै फुर्सद त हुँदैन । आफ्नो नियमित डिउटी देखी बाहेक पनि हरेक दिन कुनै न कुनै कार्यक्रम भैरहेकै हुन्छ सहभागी हुनु पर्ने तर पनि कहिले काहिँ फुर्सद निकालेर साथिभाई संग गफगााफ वा घुमफिर परिवार संग घुमफिर गर्ने गर्छु ।
पत्रकारीता बाहेक तपाईको रुचीको क्षेत्र ?
पत्रकारीता बाहेक मेरो रुचीको क्षेत्र गायन हो । ४ वटा जति लोक गित आफ्नै आवाजमा रेकर्ड पनि गराएको छु । एक्लै भएँ भने कहिले काहिँ गाएर पनि बस्छु ।
तपाईलाई असाध्यै मन पर्ने पुुस्तक ?
प्राय सबै पुष्तक मन पर्छन । तर अहिले सम्म धेरै मन परेको भनेको लक्ष्मिप्रसाद देवकोटाको मुना–मदन र कृष्ण धराबासीको मानिश हराएको सुचना कथा संग्रह हो ।
अहिले कस्ता पुस्तक पढीरहनु भएको छ ?
अहिले चाहीँ म महात्मा गान्धीको जिवनी र श्रीमद भागवत गिता पढिरहेको छु ।
दोहोराएर पढ्नुु भएको पुुस्तक ?
कृष्ण धराबासीको राधा उपन्यास ।
कस्ता फिल्म हेर्नुुहून्छ ?
पारिवारीक चलचित्र र दक्षिण भारतिय एक्सन चलचित्र धेरै हेर्छु ।
तपाईलाई मनपर्ने फिल्म ?
नेपालीमा दर्पण छायाँ र हिन्दिमा बागवान ।
दोहोराएर हेर्नुभएको फिल्म ?
दर्पण छायाँ
तपाईलाई म पर्ने हिरो हिरोइन ?
सबै रामै छन् । पहिला निरुता सिंह अहिले पछिल्लो समयकी केकी अधिकारी ।
मन पर्ने हिरो ?
पहिला दिलिप रायमाझी अहिले अनमोल केसी ।
तपाईलाई रुवाएको फिल्म ?
नेपाली दर्पण छायाँ र हिन्दिमा बागवान ।
मनपर्ने गायक–गायिका ?
नारायण गोपाल र अरुणा लामा ।
मनपर्ने ठाउँ ?
पोखरा, ईलाम ।
मनपर्ने खाना ?
दाल, भात, तरकारी र घिउ ।
मनपर्ने पोसाक ?
सर्ट पाईन्छ ।
तपाईलाई मनपर्ने नेपालका नेता ?
विश्वेश्वर प्रसाद कोईराला ।
अनि विदेशका मनपर्ने नेता चहिँ नी ?
महात्मा गान्धी ।
नयाँ पुस्ताका नेपालका मनपर्ने नेता ?
विश्वप्रकाश शर्मा, गगन थापा ।
तपाईको आदर्श को हो, किन ?
त्यस्तो खासै कोही छैन ।
नेपालका मन पर्ने सञ्चारकर्मी ?
मेरा अग्रज सबै आदरणीय हुनुहुन्छ । तर बिषेश मेरो गुरु नवराज लम्साल त्यसैगरी यज्ञनिधी दाहाल पनि असाध्यै मन पर्छ ।
आफैंप्रति तपाईलाई केही गुनासो छ की ?
कुनै गुनासो छैन ।
अनि यो समाजप्रति चहि नी ?
समाज संग त झन गुनासो हुने कुरै भएन । समाज नभए त हाम्रो अस्तित्व पनि त रहने थिएन नी ।
जीवन के रहेछ ?
जिवानलाई के भन्ने र परिभाषा आ–आप्mनै हुन्छ । मलाई त अत्यन्तै सुन्दर सृष्टि लाग्छ । रमाईलो लाग्छ ।
बाँकी योजना र सपना कस्ता छन् ?
त्यस्तो योजना र सपना केहि छैन । सधैं समाज र परिवारको लागि केहि योगदान दिएर बाँच्न सकौं । मेरो कुनै पनि कार्य र बोलीले कसैको मन नदुखोस । यत्ति हो ।
पत्रकारितामा लागेर के पाउनुभयो ?
धेरै पाएँ । अर्थिक रुपमा मेरो परिवार बाँच्ने, समाजमा मेरो अस्तित्व रहने नै यहि पत्रकारीता पेशा बाट हो । म अहिले जहाँ जुन अवस्थामा छु सबै यहि पेशा बाट हो । यदी यो पेशामा थिईन भने आज तपाई संग यहाँ अन्तरवार्ता दिईरहेको हुँदैन थिएँ । आज भन्दा ११ बर्ष अघि झापाका गाउँबाट रित्तो गोजी लिएर आएको म आज दमकमा परिवार सहित बस्ने अवस्थामा पुगेको छु यो सबै यहि पेशा बाट त पाएको हो नी ।
अनि के गुमाउनु भयो ?
केहि गुमाउनु परेको छैन । धेरै पाएको छु ।
पत्रकारितामा लागेर बाँच्न सकिने वातावरण बनेको हो त ?
मज्जाले बाँच्न सकिन्छ । पुर्ण समर्पित भएर लाग्नु पर्छ । पेशा प्रति ईमान्दार बन्नु पर्छ मज्जाले बाँच्न सकिन्छ ।
नयाँलाई के सुझाप दिनुहुन्छ ?
सुुझाव दिने ठाउँमा त अभैm पुगेको छैन । तर पनि नयाँ आउने पुस्तालाई पुर्ण जिम्मेवारीका साथ यस क्षेत्रमा आउनुहोस् । चुनौतिहरुको सामना गर्न सक्नु भन्ने आँट लिएर आउनु होस । सबै भन्दा धेरै त आफ्नो जिम्मेवारी प्रति समर्पित भएर आउनु होस भविस्य उज्वल छ ।
तेजन खड्का