• बाहुण्डाँगी । वीरता लेडि जेसिजको १५ औं पदस्थापन कार्यक्रम बिहिवार सम्पन्न भएको छ । पदस्थापन समारोहको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान तथा अवार्ड वितरण गरिएको थियो ।
    पत्रकार चन्दा भट्टराई वीरता लेडी जेसीज पत्रकारिता प्रोत्साहन पुरस्कार–२०१९ बाट सम्मान गरियो । उनलाई नगद ५ हजारसहित सम्मान गरिएको हो ।
    यसैगरी लेडी जेसीजका संस्थापक अध्यक्ष शारदा रिजालले आफ्ना दिवंगत सासु ससुराको स्मृतिमा स्थापित यज्ञतीर्थ अवार्डबाट परिवर्तन थियटरकी अध्यक्ष तथा कलाकर्मी कविता नेपाल पोर्तेललाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा बर्षोत्कृष्ट जेसी संगिता गिरी, शाखा सम्पादक हिमा पौडेल, विज्ञापनदाता सानो संसार प्रालिलाई समेत सम्मान गरिएको थियो ।

    यसैबिच लेडी जेसीजको १५ औं पदस्थापनबाट सन् २०२० को अध्यक्षमा सर्वसम्मत चयन भएकी सुष्मा भण्डारीलाई सन् २०१९ की अध्यक्ष सरु भुर्तेलका गलामा लगाइएको जेसीज चेन संस्थाका पूर्व अध्यक्षहरुले २०२० की अध्यक्ष भण्डारीको गलामा पहिर्याएर पदस्थापन गराएका थिए ।
    यस अघि भएको निर्वाचनबाट कार्यकारीणी उपाध्यक्षमा कामना उप्रेती र संगिता चिमरिया, उपाध्यक्षहरु गिता ढुङ्गेल, झुमा भट्टराई, संगिता कट्टेल र सुमित्रा भट्टराई, तालिम संयोजक युनिता तवाडी, शाखा सम्पादक कल्पना दाहाल, सहसचिव मेनुका ओली र जनसम्पर्क अधिकारी मञ्जु ओली न्यौपाने सर्वसम्वत निर्वाचित भएका निर्वाचन अधिकृत निवर्तमान अध्यक्ष नम्रता ढकालले बताउनु भयो ।
    यसैगरी नवनिर्वाचित अध्यक्ष पौडेलले महासचिवमा संगिता गिरी, कोषाध्यक्षमा हिमा पौडेल र काननुी सल्लाहकार स्वस्तिका आचार्यलाई मनोनित गर्नु भएको छ ।
    शाखाकी अध्यक्ष सरु भुर्तेल खनालको सभापतित्व तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकरको प्रमुख आतिथ्यतामा सम्पन्न पदस्थापन कार्यक्रममा प्रमुख अतिथि शंकर, नेपाल जेसिजका थिम डाइरेक्टर मनिष सूर्य मगर, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, पूर्व अध्यक्षका तर्फबाट राधा सुब्बा, कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी, वीरता जेसीजका पूर्वअध्यक्ष राजकुमार पोखरेल, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

    कार्यक्रममा लेडी जेसीजका पूर्व अध्यक्षहरु, छिमेकी शाखाका अध्यक्षहरु, विरता जेसीजका पूर्व अध्यक्षहरु तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।
    कार्यक्रम संयोजक संगिता गिरीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन पूर्व अध्यक्ष नैनाकला भट्टराईले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…